काठमाडौं -कतारमा चलिरहेको वर्ल्डकप 2022 मा स्पेनले काेस्टारिका माथि गाेलकाे वर्षा गरेकाे छ। 80% भन्दा माथि बल पाेजिसन राखेकाे स्पेनका लागि पहिलाे गाेल ओल्माेले 11 ओैं मिनेटमा गरेका थिए ।स्पेनले त्यस पछि गाेलकाे बर्षा नै गर्याे 21 मिनेटमा एसेन्सियाे,31,54 टाेरेस,74 मिनेटमा गाबी,90 मिनेटमा साेलार अनि 92 मिनेटमा माेराटाले गाेल गरेका थिए ।फेरान टाेरेसले एक गाेल पेनाल्टी मार्फत गरेका थिए ।काेस्टारिका खेलमा फर्किने कुनै माैका पाएन।बलियाे मिडफिल्ड भएको स्पेनले खेलभरि बल आफ्नो नियन्त्रणमा राखेकाे थियाे।समूह ई मा रहेकाे स्पेन सँगै जर्मनी ,जापान पनि छन।अघिल्लो खेलमा जापानले जर्मनीलाई 2-1 ले हराएको थियाे।स्पेन र जापानकाे समान 3 अंक छ । अर्काे खेलमा बेल्जियमले क्यानडा माथि संघर्षपुर्ण जित हात पारेकाे छ।बेल्जियमका लागि एकमात्र गाेर 44 मिनेटमा वातसुयीले गरेका थिए ।समूह एफमा एकै समुहमा रहेका क्राेसिया , माेराेक्काे बराबरी खेलेका छन।बेल्जियम काे 3 अंक छ भने क्राेसिया र माेराेक्काे काे समान 1/1 अंक रहेकाे छ।