काठमाडौं मंसिर 21-कतारमा जारी रहेकाे world cup 2022 मा अफ्रिकी मुलुक माेराेक्काेले स्पेनलाई स्तब्ध पारकाे छ।याे भन्दा अगाडि 1 पटक मात्रै भेट भएको यी दुई टिमकाे भेट 2018 काे वर्ल्डकप मै भएको थियाे,त्याे भेटमा पनि 2-2 गाेलकाे बराबरी नै खेलेका थिए ।माेराेक्काे त्यही टिम हाे जसले बेल्जियमलाई पाखा लगाएर राउन्ड अफ 16 प्रवेश गरेकाे थियाे।स्पेनिस टिममा मिड्फिल्ड उत्कृष्ट भए पनि किलर गाेल स्काेरर काे कमी स्पष्ट देखिन्थ्यो ।दुवै टिमले निरधारित र अतिरिक्त समयमा गाेल गर्न नसके पछि खेल टाईब्रेकमा पुगेको थियाे।टाईब्रेकमा स्पेनका तिनै जना साराविया,साेलर र बुस्केटले लगातार पेनाल्टी मिस गरेका थिए ।माेराेक्काेकाे साब्री,जियाज र हकिमीले गाेल गरेका थिए ।बेनाेउनले भने पेनाल्टी मिस गरेका थिए ।जित सँगै माेराेक्काे क्वाटरफाइनल प्रवेश गरेकाे छ।क्वाटरफाइनल मा अर्काे युरोपेली राष्ट्र पाेर्चुगल सँग खल्ने छ।पाेर्चुगल गए राति नै स्वीजरल्यान्डलाई 6-1 गाेलले हराउदै क्वाटरफाइनल प्रवेश गरेकाे छ।पाेर्चुगलका काेच सनताेसले अधिकांश युवा खेलाडी उतारेका थिए ,सुपरस्टार राेनाल्डाेलाई उनले बेन्चबाट शुरु गराएका थिए ।खेलकाे 17,51 र 67 मिनेटमा गाेल गरेर रामाेसले आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।पेपेले 33, गुईएराेले 55 र 92 मिनेटमा लियोले गाेेल गरेका थिए।स्वीजरल्यान्डकाे लागि सान्त्वना गाेल अकान्जीले 58 मिनेटमा गरेका थिए ।खेलकाेे 73 मिनेटमा फेलिक्सकाे ठाउँमा राेनाल्डाे मैदान प्रवेश गरेका थिए ।यी दुई खेल सँगै राउन्ड अफ 16 सकिएको छ।अब भने माेराेक्काे बलियो डिफेन्स र पाेर्चुगलकाे अटाकिङ खेलकाे प्रतिस्पर्धा हुनेछ।