काठमाडौं फागुन 22-गत राति सम्पन्न प्रिमियर लिगमा लिभरपुलले मेन्चेस्टर युनाईटेडलाई 7- 0 गाेलले पराजित गरेकाे छ।क्रिष्टियानाे राेनाल्डाेले क्लव छाेडे पछि निकै राम्रो लयमा रहेकाे मेन्चेस्टर युनाईटेड र खराब लयमा रहेकाे लिभरपुल बिच खेल हुनु अगाडि धेरैले मेन्चेसटर युनाईटेडले जित्ने अनुमान गरेका थिए ।भर्खरै मात्रै उपाधीकाे खडेरी परेकाे मेन्चेस्टर युनाईटेडले कारावाओ कप जितेर उपाधी खडेरीकाे अन्त्य गरेकाे थियाे।युराेपा लिगमा ला लिगा लिडर बार्सिलाेना जस्तो बलियो टिमलाई पाखा लगाउन सफल भएको मेनचेस्टर युनाईटेड लिभरपुुल सँग भने नमिठाे हार व्यहाेरेकाे छ।लिभरपुलकाे युनाईटेड माथिको याे जित इतिहासकै फराकिलो जित हाे।युनाईटेड का प्रशिक्षक टेन हाङले आफ्नो टिम बिजयी भएको बेला पनि आफ्नो टिमको प्रदर्शन साेचे अनुसारको नभएको र धेरै सुधार गर्नु पर्ने बताउदै आएका थिए ।क्रिष्टियानाे राेनाल्डाेलाई खासै महत्त्व नदिएर धेरै आलाेचित बनेका प्रशिक्षक टेन हाङकाे प्रिमियर लिगमा मेन्चेस्टर सिटी सँग 6-0 काे हार भन्दा पनि ठुलाे हार व्यहाेरेका छन।सिटी सँग 6-0 ले हार्दा टिममा क्रिष्टियानाे राेनाल्डाे भए पनि नखेलाएका कारण धेरै आलाेचित बनेका थिए ।टिम जति राम्रो खेले पनि खेल जित्न गाेल चाहिन्छ र राेनाल्डाे वनटच गाेल मेसिन हुन उनलाई नखेलाउनु भनेको टिमलाई ठुलाे क्षति पुर्याउनु जस्तै मानिन्छ । अहिले युनाईटेडकाे उच्च लयमा रहेका मार्काेस रास्फाेर्ड पनि चल्न सकेनन् भने अन्य खेलाडीहरुकाे प्रदर्शन पनि ओैसत नै रह्याे।लिभरपुलकाे भने जबर्जस्त टिमवर्क देखियाे फ्रन्टलाइनमा खेल्ने तिनै जना माेहमद सलाह,डर्बिन नुनेज,काेडी ग्वाप्काे 2/2 गाेलकाे याेगदान गरे भने सब्सिच्युट खेलाडी राेवेर्टाे फिर्मिन्हाेले 1 गाेल गरेका छन।पहिलाे हाफकाे अन्त्य तिर ग्वाप्काेकाे गाेलमा अग्रता लिएको लिभरपुल दाेस्राे हाफमा 6 गाेल गरेकाे थियाे।ग्वाप्काे 43,50 नुनेज 47,75 सलाह 66,83 र फिर्मिन्हाेले 88 मिनेटमा गाेल गरेका थिए ।राेवर्टसन 1 असिस्ट ग्वाप्काे,इलिओट 1 असिस्ट नुनेज,सलाह 2 असिस्ट ग्वाप्काे फिर्मिन्हाे,हेन्डर्सन 1 असिस्ट नुनेज,फिर्मिन्हाे 1 असिस्ट सलाह काे लागि असिस्ट गरेका थिए ।याे भन्दा पहिला लिभरपुलले युनाईटेड माथि 7-1 काे ठुलाे फराकिलो जित ब्रेक गरेर 7-0 काे नयाँ रेकर्ड बनाएको छ।