काठमाडौं पुस-10 -नेकपा केन्द्रले गठबन्धन छाेडेर एमाले सँग मिलेर सरकार बनाउने भए पछि मुखैमा आएको राष्ट्रपति पद गुमे पछि नेपाली काँग्रेसकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल निराश भएका छन।निर्वाचन अगाडि आलाेपालाे सरकार चलाउने देउवा र प्रचण्ड बीच सहमति कार्यान्वयन नभए पछि।प्रचण्ड एमाले सँग मिलेर सरकार बनाउन लागेका हुन।देउवा प्रधानमन्त्री र राष्ट्पति मध्य एक नेकपा केन्द्रलाई दिन लचक भए पनि देउवा पत्नी आरजु देउवा,विमलेन्द्र निधि,प्रकासशरण महत लगायतका नेताहरूले नमानेपछि देउवालाई एउटा पद छाेड्न अप्ठ्यारो परेकाे हाे।भागबन्डामा चल्ने नेपाली राजनीति आफुुले भाग नपाए पछि जता भाग पाईन्छ उतै लाग्ने गर्छन।देउवाले प्रचण्ड सँग प्रधानमन्त्री आलाेपाले चलाउने सहमति कार्यान्वयन त गरेनन् नै केही नेताहरूको हठले राष्ट्रपति पद पनि नपाउने भए पछि नेकपा केन्द्र एमाले सँग मिलेर सरकार बनाउन लागेकाे हाे।आफ्नो राजनीतिक भविष्य नै धरापमा परिसकेको पाैडेल राष्ट्रपति बनेर भए पनि आफ्नो चाहना पूरा गर्ने लक्ष्यमा थिए ।तर त्यसाे हुन सकेन उनले मलिन अनुहार लगाएर काँग्रेसका केही नेताहरूकाे हठले गठबन्धन टुटेकाे बताएका छन।