रबी लामिछानेलाई लाई देश गलत बाटोमा लगेकाे आराेप लगाए एमाले अध्यक्ष ओलीले।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको बताएका छन् ।
भद्रपुर विमानस्थलमा संचाकर्मीहरु सँग कुरा गर्दै सामान्य कुरा भएको बताएका छन।आफ्नो क्षेत्रबाट बिजयी भए पछि
विजयी उत्सव मनाउन उनी आफ्नो निर्वाचन स्थल जाने क्रममा झापाको भद्रपुर विमानस्थल पुगेका थिए ।                         

ओलीले भने, धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गलत बाटोतिर लैजाँदै हुनुहुन्छ,’ उनले थपे, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन।
हाहाहुहुमा त देश चल्दैन। हा हुमा देश लैजाने कुरा नेपालको हितमा छैन।’रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे ओलीले सामान्य कुरा भएको बताए ।उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए ।
कुनै पनि दलकाे स्पष्ट बहुमत नआउने देखिएकाेले ओेलीले
अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने बताए।ओलीले भने- अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो । मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।संसदकाे पुराना अनुभवी खेलाडी ओलीले अब सांसदहरुकाे टाउकाे गनेर माेलमाेलाई हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *