12-6-2024
युराेकप 2024 काे मुखैमा भएको आईरल्यान्ड विरुद्धको खेलमा पाेर्चुगिज लिजेन्ड राेनाल्डाेले 2 गाेल गरेका छन।
साउदी क्लव अल नासिरबाट व्यवसायीक फुटबल खेलिरहेका राेनाल्डाे 40 बर्ष पुग्नै लाग्दा पनि उच्च फर्ममा रहेका छन।साउदी प्राे लिगमा 35 गाेल गरेर एकै सिजनमा सबैभन्दा धेरै गाेल गरेर भर्खरै रेकर्ड बनाएका छन।40 बर्ष पुुग्न लाग्दा पनि उनमा 20 बर्षे जाेस देखिन्छ ,उनकाे फिजिकल फिटनेस पनि उत्तिकै फिट रहेकाे छ।उनी ट्रेनिङ मा सबैभन्दा पहिला आउने र सबैभन्दा पछाडि जाने कडा मेहनती खेलाडीको रुपमा पनि चिनिन्छन।युवा पुस्ताका प्रेरणादायी खेलाडी रहेका उनी भाेली देखि सुरु हुने युराे कप 2024 काे तयारीमा छन।त्यसाे त याे उनकाे युराेकपमा रेकर्ड ब्रेक छैटौं सहभागिता हाे।उनले 2004 मा पहिलाे सहभागीता भएका थिए ।
राेनाल्डाेकाे 2 गाेल सँगै उनकाे अन्तर्राष्ट्रिय गाेल संख्या 130 पुगेकाे छ।
याे गाेल संख्या पनि आफैमा अदभूत रेकर्ड हाे, भविष्यमा याे गाेल संख्या सायदै ब्रेक हाेला किनकि उनी अहिले पनि एक्टिभ खेलाडी छन ।सायद उनकाे युराे कप 2024 अन्तिम टुर्नामेन्ट हुन सक्छ।दाेस्राेमा इरानका अली दाइ छन उनकाे 109 गाेल रहेकाे छ र उनी रिटायर्ड भईसकेका छन।तेस्रोमा राेनाल्डाेकाे परिचित प्रतिद्वन्द्वी लियाे मेस्सी रहेका छन उनकाे गाेल संख्या 106 रहेकाे छ।भारतका चर्चित खेलाडी सुनिल क्षेत्रीकाे 95 गाेल रहेकाे छ र उनले भर्खरै सन्यास काे लिने बताएका छन।राेनाल्डाेकाे गाेल संख्या अझै कति पुग्ला भन्न सकिने अवस्था छैन ।उनले युराे कप 2024 पछि राष्ट्रिय टिमबाट खेल्छन वा खेल्दैनन् भन्न सकिन्न किनकि उनी अहिले पनि उत्तिकै फिजिकल फिट छन।उनले गाेल गर्दा पनि पहिलाे गाेल गरे जस्तै उत्तिकै जाेसमा सेलिब्रेट गर्छन।युराे कप 2024 उपाधी दाबेदार मानिएको पाेर्चुगाल टिममा राेनाल्डाे लगायत मेन सिटीका बर्नार्डाे सिल्भा मेन युनाइटेडका ब्रुनाे फर्नानडेस,मिलनका राफाएल लियाे,अल हिलालका रुविन नेभेस,लिभरपुल का डिएगाे जाेटा,पिएसजी का रामाेस,जाओ फ्लेक्स,लगायत थुप्रै चर्चित खेलाडीहरु रहेका छन।
समूह एफमा रहेका पाेर्चुगल सँगै समुहमा।
टर्की ,जर्जिया ,चेज रिपब्लिक रहेका छन।समग्रमा सजिलाे समुहमा रहेकाे पाेर्चुगल सहजै दाेस्राे चरणमा प्रवेश गर्ने संभावना रहेकाे छ।