काठमाडौं मंसिर 29-कतारमा जारी world cup 2022 काे फाइनलमा अर्जेन्टिना र फ्रान्स पुगे सँगै यी दुई टिममा कसले बाजी मार्ला भनेर सबै खेल प्रेमीहरुमा चासाे बढेकाे छ।अर्जेन्टिनाले गत वर्ल्ड कपकाे उपविजेता क्राेसियालाई 3-0 र फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेर ईतिहास बनाएकाे माेराेक्काेलाई 2-0 ले जितेर फाइनल पुगेका हुन्।स्मरण रहाेस गत वर्ल्ड कपमा क्राेसियाले अर्जेन्टिनालाई 3-0 ले नै हराएको थियाे।त्यसकाे बदला अर्जेन्टिनाले याे वर्ल्ड कपमा लिएको छ।यी दुई टिमले कसले जित्ला भनेर फुटबल पण्डितहरुले विभिन्न तर्क गरे पनि दुवै टिम राम्रो फर्ममा रहेकाेले प्रतिस्पर्धा गजबको हुनेछ।अर्जेन्टिनी कप्तान लियाेनल मेस्सी उत्कृष्ट फर्ममा देखिएका छन।उनले 6 मध्ये 4 खेलमा मेन अफ दि म्याच पाएका छन भने 5 गाेल गरेर गाेल्डेन बुटकाे पनि उनी प्रमुख दाबेदारीमा रहेका छन।5 गाेल नै गरेर फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पे पनि गाेल्डेन बुटकाे दाैडमा छन।उनी पनि उत्कृष्ट फर्ममा छन ,रमाइलो कुरा त के भने यी दुवै जना फ्रान्सेली फुटबल क्लव पिएसजीबाट सँगै खेल्छन।अर्जेन्टिना र फ्रान्सकाे भेट सबै प्रतियोगितामा 12 पटक भएको छ जसमा अर्जेन्टिना 6 पटक विजयी भएको छ,फ्रान्स 3 पटक विजयी भएको छ,भने 3 पटक बराबरी भएको छ। गत 2018 मस्काेमा भएको वर्ल्ड कपकाे राउन्ड अफ 16 काे खेलमा फ्रान्स 4-3 गाेलले विजयी भएको थियाे।फुटबलको सबै खाले उपाधी जितिसकेका मेस्सीले जित्न बाँकी उपाधी वर्ल्ड कप मात्रै हाे।यदि उनले वर्ल्ड कप जिते भने goat ग्रेटेस्ट अफ अल टाइम हुनेछन् ।अहिलेसम्म पाेर्चुगलकाे क्रिस्टियानाे राेनाल्डाे र मेस्सी बीच काे उत्कृष्ट भन्ने डिबेट चलिरहेको छ।राेनाल्डाे वर्ल्ड कप बाट बाहिरी सकेका छन।याे उनकाे अन्तिम वर्ल्ड कप हाे ,मेस्सीकाे पनि संभवत याे अन्तिम वर्ल्ड कप हाे। लगातार 15 बर्ष देखि फुटबलमा राज गरेका यी दुई खेलाडी फुटबल इतिहासमा स्वर्ण अक्षरले लेखिने छ।खेल भनेको उत्कृष्ट खेल्नु पर्याे नै भाग्यले पनि उत्तिकै साथ दिनु पर्ने भएकोले कुन टिमलाई भाग्यले साथ दिन्छ त्याे हेर्न बाँकी छ।खेल नेपाली समय अनुसार आउने आईतवार 8.45 मा हुनेछ।तेस्रो स्थानकाे लागि क्राेसिया र माेराेक्काे शनिबार 8.45 मा खेल्ने छन।समूह चरणको खेलमा अर्जेन्टिना साउदी अरबिया सँग 2-1 र फ्रान्स ट्युनेसिया सँग 1-0 हारेका थिए।फ्रान्स 2018 मस्काेमा भएको वर्ल्ड कप विजेता अर्थात डिफेन्डिङ च्याम्पियन हाे उसले ब्याक टु ब्याक टाइटल जितेर इतिहास आफ्नो पक्षमा पार्ने दाउमा छ भने मेस्सी र उनकाे समयमा अर्जेन्टिना ठुलाे उपाधी आफ्नो पक्षमा पार्ने काेसिसमा हुनेछन् । फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पे