प्रहरी नियन्त्रणमा एमाले उम्मेदवार निराैला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

२ मंसिर, काठमाडौं । नेप्रहरीले घरदैलो कार्यक्रम गरिरहेका एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले अन्य नेताहरू बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै हेमराज थापा
समर्थकहरुले हाे हल्ला गरेका थिए ।विभिन्न सामाजिक गतिविधिमा सहभागी भई चर्चामा आउने गरेका हेमराज थापा यही क्षेत्रका स्वतन्त्र उम्मेदवार हुन।
एमाले नेता निराैलाले भने आफू बिरामीको अवस्था के छ
भनेर बुझ्न गएको तर पैसा बाँडेको भनेर आफुलाई बदनाम गर्नकाे लागि आफुलाई झुठो आराेप लगाएको भनेका छन।
याे कुरा झुठाे हाे भने प्रमाणित गरेर देखाउन चुनाैती समेत दिएका छन।अहिले नेता निराैला महाराजगन्ज स्थित प्रहरी
मा राखिएको छ।बाहिर थापा समर्थकहरु नारावाजी गरेका
छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *