काठमाडौं माघ 13- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नरहेकाे अदालतको निर्णयले आन्दोलन तात्ने देखिएको छ।अन्य देशले अरुकाे देशकाे नागरिक भए पनि राम्रो काम गरेकाे छ देशलाई फाईदा गरेकाे छ , भने उसको देशकाे ईज्जत् महत्त्व बढ्छ भनेर सहजै आफ्नो नागरिक बनाउँछ तर आफ्नो देशकाे बेरोजगारीले गर्दा एउटा युवा विदेश जान्छ विदेशमा गएर अर्का काे काम गर्दा सहज हाेला भनि त्याे देशकाे नागरिक बन्छ , तर नेपाल फर्की देशकाे लागि केही गर्छु भनेर एउटा युवा आफ्नो देश फर्किदा राज्यले अपराध गरेकाे व्यवहार गर्छ अनि बन्छ देश? याे संख्या नेपाली हरुमा लाखौंमा छ के तिनीहरू नेपाल फर्केर केही गर्छु भने तिनीहरूको बाटो बन्द गर्ने हाे त? प्रश्न यहि हाे अब देश चलाउने सबै पुराना नेता पुराना सिस्टम पुरै परिवर्तन गर्नु पर्छ,नत्र भने याे देश कहिल्यै बन्ने वाला छैन।आजको अदालतले दिएको फैसला यस्तो छ। रवि लामिछाने नेपालको नागरिक कायम नरहेकोले मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत: खारेज हुने भएको छ।तर अर्को प्रश्न के उब्जिएको छ भने के त्यसाे भए लामिछानेले गरेका राष्ट्रिय स्वतन्त्र पार्टीको सबै निर्णयहरु अवैधानिक हुन त?के लामिछानले विभिन्न डकुमेन्टहरुमा गरेका सबै जति पनि हस्ताक्षर हरु छन ती सबै अवैधानिक भए त?यहाँ विकाउ न्यायालय ,नेताहरूको षड्यन्त्र धेरै कुराले राेल खेलेकाे छ। लामिछानेले अदालतको निर्णय स्वागत गर्छु भने पनि परिवर्तन चाहनेहरुकाे कमि नभएकोले ठुलाे आन्दोलन हुने देखिन्छ। लामिछानेले चाहे फेरि नेपाली नागरिकता प्रकृयामा जान पाउने भए पनि त्याे सजिलो विकल्प नहुन सक्छ।