काठमाडौं पुस 10- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।नेपाली काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुुवै नछाड्ने अडान लिए पछि नेकपा केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले अध्यक्ष निवास वालकाेट पुगेका थिए ।त्यहाँ राप्रपा ,रास्वपा,जनमत,जसपा,नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेताहरू बालकाेट पुगेका थिए ।एक नेताले भने प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो १६६ सांसदको समर्थन जुटेको छ। प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।तर गठबन्धनको नाममा अर्काे पार्टीलाई भाेट हाल्ने जनताको मन भने खल्लाे भएको छ।आफ्नो फाईदाकाे लागि जे पनि गर्न सक्ने नेपाली राजनीतिकाे निरन्तरता हाे भन्ने कुरामा दुई मत छैन।