काठमाडाैं 19 मंसिर-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघिल्लो दिन आफ्नो पार्टीका पदाधिकारीहरु सँग सरकार बनाउन सबै विकल्प खुल्ला गर्ने भनेर भने पनिे हिजोको गठबन्धनको बैठकमा गठबन्धन बाट दायाँबायाँ नहुने जिकिर गरेका थिए ।त्यसै पनि बाेलीकाे ठेकान नहुने भनेर आलोचना भईरहने प्रचण्डको ढुलमुले बानीले क-कसलाई डुबाउने हाे त्याे समयले बताउला।निर्वाचन पछि कुनैपनि दलले सरकार बनाउन स्पष्ट बहुमत नल्याए पछि काे प्रधानमन्त्री बन्ने भन्ने खेल शुरु भईसकेकाे छ।अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री बन्न भारत र चीनको समर्थन जुटाउन लागिसकेको समाचारहरु आएका छन।सरकार बनाउन चाहिने १३८ सिट पुर्याउन धेरै गाह्रो हुने देखिन्छ ।विगतको अनुभवलाई हेर्ने हाे भने सांसद खरिद बिक्रीको ठुलाे खेल हुने देखिन्छ ।आफ्नो फाइदा हुन्छ भने पार्टी नै त्याग्न सक्ने नेताहरू काे कतिमा बिक्छन अनि सरकार कसले बनाउछ हेर्न बाँकी छ।अब बन्ने सरकार धेरै अस्थिर हुने निश्चित छ।याे नेपाली जनताको लागि दुर्भाग्य हाे। निर्वाचित भएका नयाँ अनुहारहरु धेरै भएकोले संसद र सरकारलाई सिस्टममा चलाउन केही दबाब सृजना गर्न सक्छन् कि भनेर आशा गर्न सकिन्छ ।