world cup 2022 गाेल्डेन बुटकाे दाबेदारहरु।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुष 2 -कतारमा जारी वर्ल्डकप 2022 काे गाेल्डेन बुट कसले हात पार्ला?निकै राेमान्चक माेडमा पुगेको छ।अर्जेन्टिनी कप्तान लियाेनल मेस्सी सहित अन्य 3 जना गाेल्डेन बुटकाे दाैडमा रहेका छन। फिफा वर्ल्ड कप इतिहासमा एउटै वर्ल्ड कपमा धेरै गाेल गर्ने रेकर्ड फ्रान्सका जस्ट फाेन्टेन काे नाममा छ ,उनले 1958 काे वर्ल्ड कपमा 13 गाेल गरेका थिए ।वर्ल्ड कपमा  सबैभन्दा धेरै गाेल गर्ने रेकर्ड जर्मनीका मिराेस्लाभ क्लाेजकाे छ ,उनले 16 गाेल गरेका छन।ब्राजिली सुपरस्टार राेनाल्डाे नाजारियाे काे 15 गाेल रहेकाे छ।त्यस्तै लगातार 5 वर्ल्ड कपमा गाेल गर्ने रेकर्ड पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाे सँग छ उनले 2022 वर्ल्ड कपमा घाना विरुद्ध गाेल गरेर याे रेकर्ड बनाएका हुन।उनी 118 गाेल सहित अन्तर्राष्ट्रिय टप गाेल स्काेररका रेकर्ड हाेल्डर पनि हुन।कतारमा भइरहेको world cup 2022 मा मात्रै 1 खेल फाइनल  बाँकी छ ।फाइनल पुगेका दुवै टिमका 2/2 जना गाेल्डेन बुटकाे रेसमा रहेका छन।अर्जेन्टिनाकाे तर्फबाट कप्तान लियाेनल मेस्सी र जुलियन अल्वारेज रहेका छन भने फ्रान्सकाे तर्फबाट अहिलेका सबैभन्दा महंगा स्टार केलियन एम्वाप्पे र ओलिभर जिराउड रहेका छन।अहिलेसम्म काे टप गाेल स्काेरर यस प्रकार छन।     लियाेनल मेस्सी – 5 गाेल,केलियन एम्वाप्पे-5 गाेल,जुलियन अल्वारेज -4 गाेल र ओलिभर जिराउड-4 गाेल रहेकाे छ।अर्जेन्टिनी कप्तान लियाेनल मेस्सीले 5 गाेल मध्य 3 गाेल पेनाल्टी मार्फत गरेका हुन।मेस्सीले साउदी विरुद्धको खेलमा 1 पेनाल्टी मिस पनि गरेका थिए जुन खेल अर्जेन्टिनाले नसाेचेकाे हार बेहाेर्नु परेकाे थियाे।अन्य   3 जनाले भने पेनाल्टी बिना गाेल गरेका हुन। अहिलेसम्म 2022 वर्ल्ड कपका खेलबाट 166 गाेल भएका छन।खेल आज राति 8.45 मा हुनेछ।मेस्सी र एम्वाप्पे एउटै फ्रान्सेली  क्लव पेरिस सेन्ट जर्मन बाट व्यवसायीक खेल खेल्छन।

अर्जेन्टिना टिम नेदरल्यान्ड माथि पेनाल्टीमा जित निकाले पछि खुशी मनाउँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *