काठमाडौं मंसिर 23- कतारमा जारी वर्ल्डकप 2022 मा आज राति 8.45 मा ब्राजिल भर्सेज क्राेसियाकाे खेल हुनेछ।याे प्रतियोगिताको प्रमुख उपाधी दाबेदार मानिएको ब्राजिल क्लियर कट फेवरेट देखिन्छ ।ब्राजिल र क्राेसियाकाे भेट 4 पटक भएको छ 3 खेल ब्राजिलले जितेको थियाे भने 1 खेल बराबरी भएको थियाे।4 खेल मध्ये 2 खेल वर्ल्डकप मै भएको थियाे र 2 खेल फ्रेन्ड्ली भएको थियाे।यी दुईको भेट पहिलोपटक 2005 मा भएको थियाे त्यसमा 1-1 बराबरीकाे भएको थियाे। त्यस पछिका 3 वटै खेल ब्राजिलले खेल आफ्नो पक्षमा पारेकाे थियोे ।2006 मा 1-0 ,2014 मा 3-1 गाेलले वर्ल्डकपमा ब्राजिल ले खेल आफ्नो पक्षमा पारेको थियाे।अन्तिम पटक 2018 फ्रेन्ड्ली खेलमा 2-0 ले खेल जितेको थियाे।ब्राजिलका सुपरस्टार खेलाडी नेइमार चाेट मुक्त भएर खेलमा फर्कने संभावना धेरै रहेकोले ब्राजिल टिममा थप उत्साह थपिएको छ।क्राेसियालाई पनि कम आँक्न भने सकिदैन किनकि उ 2018 वर्ल्डकपकाे उपविजेता हाे।याे प्रतियोगिताको क्वाटरफाइनल सम्म आईपुग्दा क्राेसियाले खेल हारेको छैन ।समूह चरणमा 2 खेल बराबरी र 1 खेल जितेर समूह उपविजेता बन्दै अन्तिम 16 मा स्थान बनाएको थियाे।राउन्ड अफ 16 काे खेलमा जापान सँग पेनाल्टी सुटआउटमा विजयी भएको थियाे।तर याे प्रतियोगिताको प्रमुख दाबेदारी मानिएको ब्राजिल भने समुह चरणको खेलमा क्यामरुन सँग 1-0 ले हारेकाे छ।जहिले पनि फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा युराेप भर्सेज साउथ अमेरिका महादेशकाे प्रतिस्पर्धा हुने भएकोले खेल धेरै राेचक हुनेछ। आजै राति 12.45 मा उपाधी दाबेदार मानिएका टिमहरु अर्जेन्टिना र नेदरल्याण्डको ब्लकबस्टर खेल हुनेछ।