काठमाडौं मंसिर 19 -कतारमा जारी वर्ल्ड कप 2022 मा अहिले भइरहेको जापान र क्राेसिया बिचकाे खेलमा जापान पहिलो हाफमा 1-0 गाेलले अगाडि रहेकाे थियाे।निकै नै प्रतिस्पर्धात्मक खेलमा जापान गाेल गर्ने जाल बुन्न सफल भएको हाे।याे एकदमै सुन्दर टिम गेम थियाे।जापानको लागि डेजान मेइदाले खेलकाे 43 मिनेटमा गाेल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।जापानको छाेटाे कर्नरमा डाेनले क्रस हानेका ,त्याे बललाई यासिदाले डेजानलाई पास गरेका थिए अनि डेजानले समय खेर नफाली छिटो सट हानेर गाेल गरेका थिए । क्राेसियाले खेलकाे दाेस्राे हाफमा इभान पेरिसिक काे गाेलमा बराबरी गरेकाे थियाे।खेलकाे निर्धारित समयसम्म दुवै पक्षबाट गाेल हुन नसके पछि खेल अतिरिक्त समयमा धकेलिएको थियाे। थप समयमा गाेल हुन नसके पछि पेनाल्टी सुटआउटमा क्राेसियाले जितेको थियोे । क्राेसियाली जीतमा गाेल किपर लिभाकाेभिक नायक बने उनले तीन पेनाल्टी बचाएकर टिमलाई क्वाटरफाइनल पुर्याए।एसियाली टिम काेरियाकाे खेल आजै ब्राजिल सँग हुनेछ। क्राेसिया टिम खुशी मनाउँदै