काठमाडौं १८ मंसिर -world cup 2022 प्रमुख उपाधी दाबेदार मानिएको टिम फ्रान्स आज अर्को युरोपेली मुलुक पाेल्यान्ड सँग खेल्दै छ।2018 काे वर्ल्ड कप च्याम्पियन फ्रान्सलाई प्रमुख दाबेदारी काे रुपमा हेरिएको छ।तुलनात्मक रुपमा कमजोर मानिएको पाेल्यान्ड सन 2000 देखि यताकाे खेलमा फ्रान्सलाई हराउन सकेको छैन।तर बेन्जमा लगायत टप फर्ममा रहेका खेलाडीहरु फ्रान्सेली टिममा नहुँदाकाे फाईदा पाेल्यान्डलाई हुन सक्छ।यस प्रतियोगितामा अप्रत्याशित नतिजाहरु आईरहेकाले 100% यसले जित्छ भनेर भन्न सकिने ठाउँ छैन।युरोपेली टिमहरु सबैजसो बलिया हुने भएकोले खेल राेचक र प्रतिस्पर्धात्मक हुनेछ।याे खेल राति 8.45 मा हुनेछ।आजै राति 12.45 मा हुने अर्को खेलमा उपाधी दाबेदार मानिएको अर्को युरोपेली टिम ईङ्ल्यान्ड अफ्रिकी च्याम्पियन सेनेगल सँग खेल्ने छ।परम्परागत रुपमा बलियो र खेल जगतमा परिचित नाम हाे ईङ्ल्यान्ड ।कुनै पनि ठुलाे प्रतियोगिताको अनुभवी टिम हाे।ईङ्ल्यान्ड सँग विश्वका कुनैपनि टिम सँग खेलेको अनुभव छ।तर संजाेग सेनेगल सँग भने अहिलेसम्म भेट भएको छैन।सेनेगल हालैको अफ्रिकी च्याम्पियन अनि अफ्रिकी महादेशकाे शक्तिशाली फुटबल टिम हाे।पहिलो भेट त्याे पनि वर्ल्डकपकाे नकआउट चरणमा दुबै बलियो टिम भएकोले खेल राेमान्चक र प्रतिस्पर्धात्मक हुने छ।अनुभवको आधारमा ईङ्गल्यान्ड अगाडि जाने अनुमान रहेकाे छ।सेनेगलका मुख्य खेलाडी साडियाे माने चाेटकाे कारण टिममा नरहेकोले यसको फाईदा ईङ्ल्यान्डलाई हुनेछ। england national football team