काठमाडौं -एसियाली देश दक्षिण काेरिया नकाउट चरण प्रवेश गरेकाे छ।भर्खरै सम्पन्न खेलमा पाेर्चुगाललाई 2-1 गाेलले पराजित गर्दै अन्तिम 16 पुगेकाे हाे।यही समुहको अर्को खेलमा घानालाई 2-0 ले हराए सँगै काेरिया र उरुग्वे काे समान 4 अंक भएको थियाे तर गाेल अन्तरकाे कारण उरुग्वे अर्को चरण पुग्न सकेन।घानालाई भने बराबरी गरे पनि पुग्ने थियाे तर त्यसाे हुन सकेन।याे सँगै एसिया महादेशबाट छनाैट चरण खेल्ने 3 टिम नकाउट चरण प्रवेश गरेका छन।यस नै अघि जापान र अस्ट्रेलिया अन्तिम 16 प्रवेश गरिसकेका छन।एसियाली मुलुक आयाेजक राष्ट्र कतार र साउदी अरेबिया भने आउट भईसकेका छन।पाेर्चुगलले 5 मिनेटमा हाेर्टाकाे गाेलमा अग्रता लिएको थियाे तर त्यस पछि पाेर्चुगलले गाेल गर्न सकेन काेरियाले भने 27 मिनेटमा किमकाे र 91 मिनेटमा ह्वाङकाे गाेल मद्दतले जित निकालेकाे थियाे। एसियाली मुलुकहरुले लगालग युराेपेली मुलुकहरुलाई हराए पछि एसियाली मुलुकहरु पनि फुटबलमा बलियाे बन्दै गएको प्रमाणित भएको छ।