काठमाडौं फागुन 28- बार्सेिलाेनाले मेस्सीकाे महानतम खेलाडीको छवि धुमिल्याउने गरि रेफ्री किनेकाे पुष्टि भएको छ। मेस्सी अहिले बार्सिलाेना छाेडेर फ्रेन्च क्लव पिएसजी बाट खेलिरहेका छन। तर मेस्सी महानतम खेलाडी बनेकाे थुप्रै ट्रफी जितेकाे,कयौं उपाधीहरु हात पारेकाे बार्सिलाेनाले रेफ्री किनेकाे पुष्टि भए पछि मेस्सीकाे बार्सिलाेना एरा धमिलाे भएको छ। स्पेनिस फुटबल क्लब बार्सिलोना भ्रष्टाचारको गम्भीर मुद्दामा दोषी ठहर भएकोले बार्सिलोनाले हदैसम्मको कारबाही भोग्नुपर्ने देखिएको छ । बार्सिलोनाविरुद्ध रेफ्री समितिका पूर्वउपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई ‘पैसा तिरेको’ आरोप साबित भएको हो । रेफ्री समितिका सदस्यलाई पैसा तिरेर विभिन्न समयमा खेलको नतिजा प्रभावित पारेको गम्भीर आरोप बार्सिलोनाविरुद्ध पुष्टि भएको छ । गत महिना बार्सिलोनाले रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया र उनको स्वामित्वमा रहेको कम्पनीलाई 8.4 मिलियन युरो भुक्तानी गरेको खुलासा भएको थियो । बार्सिलोनाले 2001 देखि 2018 को बीचमा उक्त भुक्तानी गरेको थियो ‘बिबिसी’ले रिपोर्ट प्रकाशित गरेको थियो ।बार्सिलोनाको यो भुक्तानी स्पष्ट रूपमा गैरकानुनी र गैरव्यावसायिक हुने अदालतद्वारा साबित भएको छ । अहिले स्पेनका सबैजसो मिडियाले बार्सिलोनाको यो कार्यलाई ‘फुटबल इतिहासकै एक घिनलाग्दो भ्रष्टाचार’का रूपमा दाबी गर्दै रिपोर्ट प्रकाशित गरिरहेका छन् । स्पेनको सहर बार्सिलोनाको सरकारी वकिलको कार्यालयले उक्त भुक्तानीविरुद्ध मुद्दा दायर गरेको थियो । र, बार्सिलोनाको एक अदालतले शुक्रबार भ्रष्टाचार, विश्वासको उल्लङ्घन र झुटो व्यापार रेकर्डको आरोपमा बार्सिलोनालाई दोषी ठहर गरेको छ । ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले गत महिना भनेका थिए कि, बार्सिलोनाका वर्तमान अध्यक्ष जोन लापोर्टाले भुक्तानीबारे व्याख्या गर्न असमर्थ भएमा उनले क्लबको पदबाट तत्कालै राजीनामा दिनुपर्छ ।तर, नयाँ अध्यक्ष लापोर्टाले भने आफ्नो क्लबले कहिल्यै रेफ्रीहरू नकिनेको बताएका छन् । गजब कुरा त के छ भने, बार्सिलोनाले पैसा तिरेर रेफ्री किनेको कुरा अदालतले साबित नै गरिसक्दा पछिल्ला वर्ष बार्सिलोनाका खेलाडीहरू र प्रशिक्षकले भने चर्को गरी केही रेफ्रीले रियल मड्रिडलाई जिताउन रियलको पक्ष लिने गरेको भन्दै उफ्रिने गरेका थिए । बार्सिलोनाका पूर्वकप्तान जेरार्ड पिके, अहिलेका उपकप्तान जोर्डी अल्बा रेफ्रीको विषयलाई लिएर सधैं आलोचना गर्ने खेलाडी हुन् । घटनाक्रम अनुसार बार्सिलोनाले सन् 2018 सम्मको अवधिमा रेफ्रीका लागि पैसा खर्चेको साबित हुनु र पछिल्ला वर्ष बार्सिलोनाका अधिकारी र खेलाडीले रेफ्रीले रियल मड्रिडलाई जित्नका लािग सघाउने गरेको भन्दै पटक–पटक खुला रूपमा आलोचना गर्नु केवल संयोग मात्रै देखिँदैन ।सन् 2006 देखि 2015 को बीचमा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा केही खेल रेफ्रीको निर्णयक कारण यदि विवादित थिए कि, ती खेललाई आज पनि ‘खराब खेल’मा रूपमा चित्रण गगरिन्छ । अर्थात् बार्सिलोनाले सोही अवधिमा रेफ्री किनेर खेल र उपाधिहरू जित्न मदत पुगेको भन्दै अहिले आलोचना बढेको छ । सो अवधिका बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेलेको च्याम्पियन्स लिगको फाइनल देखि 2009 मा बार्सिलोना र चेल्सी बीचको खेललाई रेफ्रीको भूमिकाका कारण आज पनि इतिहासकै सबैभन्दा खराब खेलहरूको सूचीमा विश्लेषकहरूले राख्ने गरेका छन् । 2015 मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा पनि रेफ्रीको निर्णयको एकदमै आलोचना भएको थियो । सन् 2017 मा च्याम्पियनस् लिगमा पिएसजी सँग 4-0 काे पहिलाे लेग हारेकाे बार्सिलाेनाले दाेस्राे लिगमा 6-1 गाेलले जित्दा पनि रेफ्रीकाे भुमिकालाई लिएर बार्सिलाेना धेरै नै विवादास्पद भएकाे थियाे। बार्सिलोनाले सन् 2011 देखि 2018 को बीचमा रेफ्री समितिका अधिकारीका नाममा पटक–पटक मोटो रकम भुक्तानी गरेको आरोप साबित भएपछि यसको तरङ्ग यतिमै सीमित नहुने पक्का छ । यसमा अब फुटबलका माथिल्ला निकायले पनि छानबिन गर्ने भएका छन् । अहिलेको हकमा बार्सिलोनामाथि आफ्नै देशको एक सहरको अदालतले मात्रै भ्रष्टाचार मुद्दा अर्थात् रेफ्रीहरूलाई अवैध पैसा भुक्तानी गरेको आरोप साबित भएको छ । यदि यो विषयमा युईएफए र फिफाले छानबिन गरेर दोषी साबित भए बार्सिलोनामाथि ज्यादै ठूलो कारबाही हुनेछ ।यस्तो केसमा क्लबका अधिकारीहरू पक्राउ पर्नेदेखि लिएर रेफ्री किनेको वा पैसा तरेको अवधिमा बार्सिलोनाले जितेका उपाधिहरू समेत आयोजकले खारेज गर्न वा जफत गर्न सक्छ । अहिलेकै मुद्दामा युईएफए र फिफा दुवैले आफ्ना तर्फबाट छानबिन गर्ने तयारी गरेको रिपोर्ट आइरहेका छन् । यता, स्पेनिस फुटबल संघले पनि सबैभन्दा पहिलो आफ्ना तर्फबाट थप छानिबनका लागि समिति नै गठन गरिसकेको ‘मार्का’ले जनाएको छ । यस्तो मुद्दामा दोषी साबित भए रेफ्री कारबाहीमा पर्ने कुरा सामान्य भइहाल्यो, यस बाहेक बार्सिलोनामाथि निश्चिच अवधिसम्म फुटबल खेल्नै नपाउने कडा कारबाही समेत हुन सक्छ । फुटबलमा अवैध आर्थिक लेनदेननाई ठूलो अपराध मानिन्छ ।