Leo messi काे गाेल अर्जेन्टिना क्वाटरफाइनलमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं १८ मंसिर-world cup 2022 गए राति सम्पन्न प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना ले अस्ट्रेलियालाई 2-1 गाेल अन्तरले हराएको छ।2 पटककाे विश्व विजेता अर्जेन्टिना परम्परागत रुपमा बलियो टिम हाे।प्रतियोगिताको एक प्रमुख दाबेदार मध्येको टाेली जीत सँगै क्वाटरफाइनल प्रवेश गरेकाे छ।खेलकाे 35 मिनेटमा कप्तान लियो मेस्सीले गाेल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।आफ्नो देश अर्जेन्टिना काे लागि याे उनको 94 गाेल हाे।उनी अर्जेन्टिनाकाे सर्वश्रेष्ठ गाेलकर्ता हुन।साथै देशकाे लागि उनी 169 पटक सहभागिता हुुने पहिलो खेलाडी हुन।अर्जेन्टिना काे लागि धेरै गाेल गर्ने र धेरै म्याच खेल्ने रेकर्ड मेस्सीकाे नाममा रहेकाे छ।दाेस्राे हाफकाे 57 मिनेटमा अल्बारेजले गाेल गरेर अर्जेन्टिना 2-0 काे अग्रता लियो ।त्यस पछि खेलकाे 77 मिनेटमा अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गाेल गरे पछि अस्ट्रेलियालाई एक सान्त्वना उपहार गाेल मिलेकाे थियाे।अब भने अर्जेन्टिना क्वाटरफाइनलमा नेदरल्यान्ड सँग प्रतिस्पर्धा गर्ने छ।अर्जेन्टिना खेल्नु भन्दा अघिल्लो  खेलमा नेदरल्यान्डले संयुक्त राज्य अमेरिकालाई सजिलै 3-1 गाल अन्तरले हराएको थियाे।नेदरल्यान्डका लागि 10 मिनटमा डिपे 46 मिनेटमा ब्लीन्द र 81 मिनेटमा डमफ्रिजले गाेल गरेका थिए।अमेरिकाकाे लागि एकमात्र सान्त्वना गाेल र्वीटले गरेका थिए ।अर्जेन्टिना र नेदरल्यान्ड दुवै टाेली परम्परागत रुपमा बलिया टाेली भएकोले खेेल धेरै राेचक र प्रतिस्पर्धात्मक हुनेछ।याे खेेल आगामी डिसेम्बर 10 नेपाली समय अनुसार 12.45 मा हुनेछ।                                         आफ्नो जादु देखाउदै मेस्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *