काठमाडौं चैत्र 1-युराेपियन क्लवकाे महाकुम्भ भनेर चिनिने च्याम्पियन्स लिगमा मेनचेस्टर सिटीका नर्बेली बल्दा स्टार इर्लिङ हालान्डले विपक्षी टिम माथि हल्ला बाेलेका छन।
अन्तिम 16 काे दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि 7–0 को भारी अन्तरले तथा समग्रमा 8–1 को फराकिलो जितसँगै सिटीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।पहिलो लेगको खेल 1–1 गोलको बराबरीमा सकिएपनि सिटीले दोस्रो लेगमा 7–0 को एकपक्षीय जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा सिटीको एकपक्षीय जितमा हालान्डले ह्याट्रिकसहित 5 गोल गरे । जर्मनीका स्टार इल्केए गुन्डोगान र वेल्जियम स्टार केभिन डि ब्रुएनाले पनि समान एक गोल गरका छन।इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको 22 औं मिनेटमा हालान्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बेन्जामिन हेनरिचले पेनाल्टी बक्सभित्र ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् ।त्यसको दुई मिनेटपछि नै हालान्डले केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा 3–0 ले अघि बढ्यो ।हालान्ड र सिटी यतिमै रोकिएन । लगातार गोल थपिरह्यो । 49 औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । 53 औं मिनेटमा हालान्डले म्यानुएल एकान्जीको पासमा व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरे ।57 औं मिनेटमा हालान्डले एकान्जीकै पासमा व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई 7–0 को सानदार जित दिलाए ।लाइप्जिगविरुद्ध पाँच गोल गरेसँगै हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो 30 गोल गर्ने र कान्छा खेलाडी बनेका छन् । यस्तै उनी च्याम्पियन्स लिगको एकै खेलमा 5 गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।22 वर्षीय हालान्डले यो सिजन सबै प्रतियोगितामा 39 गोल गरिसकेका छन् । सिटीबाट एकै सिजन यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी पनि बनेका छन् ।प्रिमियर लिगमा पनि उनी टप स्काेरर हुन ,अहिलेसम्म उनले 27 खेलमा 28 गाेल गरिसकेका छन। उनले प्रिमियर लिगमा थाेरै खेलमा धेरै गाेल गर्ने रेकर्ड बनाइसकेका छन। अब बचेको लिग खेलमा उनले सिंगल सिजनमा सबैभन्दा धेरै गाेल गर्ने पक्का जस्तै छ।अहिलेसम्म सिंगल सिजन गाेल रेकर्ड इजिप्सीयन स्टार महमद सलाहकाे रहेकाे छ उनले 2017-2018 सिजनमा 32 गाेल गरेर रेकर्ड बनाएका थिए ।