प्रधानमन्त्रीले बाेलाए मन्त्रीपरिषदकाे आकस्मिक बैठक।

काठमाडौं माघ 1-काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान […]

पाेखरामा यति विमान दुर्घटना 72 जना हताहती।

काठमाडौं माघ 1- काठमाडौं बाट 68 यात्रु लिएर  उडेकाे यती जहाज पाेखरा जाने क्रममा सेती नदीमा दुर्घटनाग्रस्त भएको छ।विमान चालक सहित जहाजमा 72 जना सवार थिए ।अहिलेसम्म के कति क्षति भयाे भन्ने सम्पूर्ण समाचार नआए पनि धेरै नै क्षति भएको अनुमान गरिएको छ।अहिले सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले घटना स्थलमा उद्धार गरिरहेका छन।विमानस्थल नजिकै […]

खेलप्रेमीहरुलाई खुशीकाे खबर,चर्चित क्रिकेटर सन्दीप लामिछाने धराैटीमा रिहा।

 काठमाडौं पुस 28- क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन। उच्च अदालत पाटनले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको  आदेश  उल्टाइदिएको छ । उनलाई 20 लाख धराैटीमा रिहा गरिएको छ।तर  विदेश भने  जान राेक लगाईएकाे छ। उनी असाेज 20 गते विदेशबाट फर्किने क्रममा एयरपोर्टमा पक्राउ परेका थिए ।उनी माथि नाबालिक बलात्कार गरेकाे आराेप लागेको […]

प्रचण्डले पाए झन्डै सय प्रतिशत विस्वासकाे मत।

काठमाडौं पुस 26-नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।तर आज भएको विस्वासकाे […]

प्रधानमन्त्रीले आज विस्वासकाे मत लिने।

काठमाडौं पुस 26-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिने भएका छन् ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका छन। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने […]

गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला।

काठमाडौं पुस 25-रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। पहिला जे जस्तो कमीकमजोरी भए पनि अबकाे सरकारलाई त्याे छुट नभएको बताएका छन।जनताले हामीलाई राम्रो काम गरून् भनेर मत दिएका हुन हामी सबैले मिलेर राम्रो काम गर्नु पर्छ, हाम्राे पार्टीका  हुन वा कुनै पनि पार्टीका हुन […]

बिदेश बाट ल्याउने माेवाइलमा कडाइ नगर्न प्रचण्डको निर्देशन ।

काठमाडौं पुस 20- प्रधानमन्त्री प्रचण्डले  विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए अनुसार प्रधानमन्त्री दाहालले अर्थमन्त्री विष्णुप्रसाद पाैडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कदा ल्याउन पाउने माेवाइलकाे सम्बन्धमा गरिएको यस अघिकाे सरकारको निर्णय तत्कालका लागि  कार्यान्वयन नगर्न निर्देशन दिएका छन। अघिल्लो सरकारकाे कडाइ गर्ने […]

गृहमन्त्री रवि लामिछानेको खाेईराे खन्न सुरु,काँग्रेसले भन्याे राहदानी सिस्टम गृहमन्त्रीको कारण अवरुद्ध भयाे।

काठमाडौं पुस 20-नेपाली काँग्रेसकाे भातृ संगठन नेविसंघले राहदानी वितरण अवरुद्ध भएकोमा आफ्नो ध्यान आकर्षण भएको भन्दै कडा विज्ञप्ति जारी गरेकाे छ।सेवाग्राही विहान 3/4 बजे देखि लाइनमा बस्नु पर्ने बाध्यता याे भन्दा पहिलाको काँग्रेस सरकारमा पनि थियाे,तर त्याे समयमा नेविसंघ आँखा चिम्लेर बसेकाे थियाे।तर निर्वाचन पछि सरकार फेरिना साथ नेविसंघकाे आँखामा याे समस्या देखिनुमा राजनीतिक स्टन्ट […]

युराेपियन फुटबलमा तहल्का मच्चाएका क्रिस्टियानाे राेनाल्डाे यसियन क्लवमा आवद्ध भए ।

काठमाडौं पुस 16-मेनचेस्टर युनाईटेड सँग अलग भएपछि क्लव विहिन रहेका पाेर्चुगिज लेजेन्ड सि आर सेभेनले नयाँ क्लव फेला पारेका छन।युराेपियन फुटबलमा सबै खाले उपाधी जितेका पाँच पटककाे बेलाेन डे ओेरले सम्मानित भएका क्रिस्टियानाे राेनाल्डाे यसियन क्लव अल नासिर सँग आवद्ध भएका छन।अल नासिर क्लव साउदी अरवियाकाे सफल क्लव हाे।युराेपियन फुटबलको जस्तो चार्म नभए पनि स्थानीय […]

फुटबलको महान हस्ती पेलेले संसार रुवाए।सानो हुँदा चिया बेच्ने काम गर्थे।

काठमाडौं पुस 15-यतिबेला फुटबल जगतकाे सबैभन्दा सफल नायक महान खेलाडी पेलेकाे मृत्युु भएको छ।संसार नै स्तब्ध भएको अवस्था छ।उनी क्यान्सर पिडित थिए 82 बर्षकाे उमेरमा  उपचारको क्रममा साओपाउलाेकाे अस्पतालमा मृत्युु भएको थियाे।उनको जन्म सन 1940 मा ब्राजिलकाे मिनास  गेराइसमा भएको थियाे।उनको फुल नाम  इडसन आरान्तेस डाे नासिमेन्टाे थियाे। 15 बर्षकाे उमेरमा नै उनले राष्ट्रिय टिममा […]