तोकिएको भन्दा कम मुआब्जा दिएको भन्दै पीडित किसानहरुले बुझाए रेलवे विभागमा ज्ञापनपत्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

[ad_1]

काठमाडौं : मुआब्जा वितरणमा असन्तुष्टि देखाउँदै महोत्तरी बर्दिबासका किसानहरुले आइतबार रेलवे विभाग काठमाडौंमा ज्ञापनपत्र बुझाएका छन् ।

जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले कायम गरेको मुआब्जा रकम भन्दा कम जनकपुर रेलवे कार्यालयले वितरण गरेको पीडितहरुको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले प्रति कठ्ठा १५ लाख रुपैयाँ मुआब्जा तोकेको छ । तर जनकपुर रेलवे कार्यालयले भने प्रतिकठ्ठा १० लाख रुपैयाँ मात्र मुआब्जा दिएका कारण आफूहरु रेलवे विभाग काठमाडौं आउनु परेको पीडितहरुले बताएका छन् ।

रेल्वे कम्पनीले बर्दीबासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न स्थानीयसँग प्रतिकठ्ठा ८ लाखदेखि ८१ लाखसम्मको मूल्यांकन राखी ५४ बिघा जग्गा अधिग्रहण गरेको थियो ।

अधिग्रहण गरिएका जग्गाका धनीहरुले मालमोतमा सहीछाप गरिसकेको र जग्गा रेल्वे कम्पनीको नाममा कित्ताकाटसमेत भइसकेको छ ।

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *