काठमाडौं फागुन 30- क्रिस्टियानो रोनाल्डो पोर्तुगाली पेसेवर फुटबलर हुन् जसले आफ्नो करियरमा धेरै टोलीहरूबाट खेलेका छन्। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा हासिल गरेका थुप्रै कीर्तिमानमध्ये केही उल्लेखनीय छन्। यहाँ उनका 10 उल्लेखनीय रेकर्डहरू बारे चर्चा गरिएको छ।
1. क्रिस्टियानो रोनाल्डो विश्वकपको 5 फरक संस्करणमा गोल गर्ने पहिलो फुटबल खेलाडी हुन् । उनले 4 संस्करणको ताज बोकेका मेस्सी, क्लोज, पेले र उवे सिलरलाई पछि पार्दै यस्तो रेकर्ड बनाएका हुन्।
2. आफ्नो देशको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने पोर्चुगिज फुटबलर पनि हुन्। उनले आफ्नो देशको लागि 118 गोल गरेका छन्। याे कीर्तिमान अन्तर्राष्ट्रिय रेकर्ड कीर्तिमान हाे,उनले इरानकाे अलिदाई काे 109 गाेलकाे रेकर्ड ताेडेर आफ्नो नाममा गरेका हुन।
3. रोनाल्डो विश्वकप छनोट खेलको पहिलो 11 मिनेटमा पेनाल्टी किकमा 2 गोल गर्ने पहिलो खेलाडी हुन्। उनले यस्तो गोल सन् 2021 को अक्टोबर 12 मा गरेका थिए।
4. अहिलेसम्म कसैले पनि क्रिस्टियानो रोनाल्डोभन्दा बढी च्याम्पियन्स लिग खेल खेलेका छैनन्। उनले च्याम्पियन्स लिगका 183 खेल खेलिसकेका छन्। जसमा म्यानचेस्टर युनाइटेडबाट 59, रियल म्याड्रिडबाट 101, युभेन्टसबाट 23 खेल उनले खेलेका छन।तर उनी उच्च फर्ममा रहे पनि अहिले साउदी अरबियाकाे अल नासर क्लवमा छन।
5. युराेपियन क्लव फुटबलकाे महाकुम्भ भनेर चिनिने च्याम्पियन्स लिग इतिहासमा सर्वश्रेष्ठ गोलकर्ता हुन्। उनले जम्मा 141 गोल गरेका छन्।
6. च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै डबल्स गोल गर्ने फुटबलर हुन्,रोनाल्डो। उनले च्याम्पियन्स लिगमा 30 गोल गरेका छन्।
7. मेस्सीसँगै उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने फुटबलर हुन्। उनले जम्मा 8 ह्याट्रिक गर्दा रियल म्याड्रिडका लागि 7 र युभेन्टसका लागि 1 ह्याट्रिक गरेका छन।
8. क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपका 5 फरक संस्करण (2004, 2008, 2012, 2016 र 2020) खेल्ने पहिलो फुटबलर हुन।
9. युभेन्टसको इतिहासमा आफ्नो पहिलो 3 सिजनमा कम्तीमा 100 गोल गर्ने पहिलो खेलाडी हुन्। यी स्ट्राइकरले 101 गोल गरेका छन।
10. रियल म्याड्रिडको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने पोर्चुगल खेलाडी हुन्, उनी। उनले रियल म्याड्रिडको लागि 450 गरेका छन्। 438 खेल खेलेर 450 गाेल गरेकाे थाेरै खेलेर धेरै गाेल गर्ने रेकर्ड पनि उनकाे नाममा रहेको छ।