12 भाईलाई रवि लामिछानेको फायरिङ ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस 23-राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेकाे छ।पार्टी सभापति रवि लामिछानेको नागरिकता सम्बन्धि सर्वाेच्च अदालतले विवादास्पद फैसला गरे सँगै लामिछाने नागरिकता विहिन भएर उप गृह लगायतका सबै पद गुमाउनु परेकाे थियाे।दुई दिन भित्रै लामिछानेले प्रक्रिया पुर्याएर पुन नागरिकता लिए पनि सत्ता भित्र र बाहिरबाट निरन्तर प्रहार भए पछि अन्तत राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाेड्ने निर्णय गरेकाे थियाे।सरकार छाेडे पनि सरकारलाई दिएको समर्थन भने कायम रहने उक्त पार्टीले जनाएको छ।पार्टीले जनताको प्रत्यक्ष  काम गर्न  गृहमन्त्री नै चाहेकाे तर अहिलेकाे राजनीतिक परिस्थिति विशेषगरी राष्ट्रपतिको निर्वाचनकाे खिचातानीले गर्दा प्रधानमन्त्री प्रचण्डले पुन गृहमन्त्रीमा नियुक्त नगरे पछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाेड्ने निर्णय गरेकाे थियाे।त्याे बाहेक खासगरी ठुला मिडिया हाउसहरु निरन्तर रुपमा लामिछानेको पछि लागे पछि उनले हिजाे पत्रकार सम्मेलन गरेर ठुला मिडिया चलाउने संचालकहरु र ती संस्थामा आवद्ध सम्पादकहरुलाई 12 भाईकाे संज्ञा दिँदै उनिहरुले गर्ने कालाे धन्दाकाे बारेमा कडा शैलीमा आक्राेस पाेखेका छन।ती मिडिया हाउसका कमाउ धन्दा कसरी हुने रहेछ र उनिहरुले कसरी व्यक्ति  समाप्त पार्ने रहेछन भन्ने कुरा उजागर गरेका थिए ।जस्तोसुकै मै हुँ भन्ने पनि याे मिडियाको बारेमा बाेल्नु हुन्न सकाउँछ भनेर डराउने गरेका थिए । मिडियाका मालिकहरु  भित्र भित्रै मिलेर सिन्डिकेट चलाउने गरेकाे र जाँड पिउँदै कसलाई सिध्याउने हाे सल्लाह गर्ने गरेकाे आराेप समेत लामिछानेले लगाएका छन। लामिछानेले आफू गृहमन्त्री हुँदा सरुवाबढुवामा पैसाको चलखेल हुने विकृति राेकेकाे र अन्य केही राम्रो कामकाे शुरुआत गरेकाे पनि बताएका छन।आफू गृहमन्त्री हुँदा धेरै मिडियाको कमाउ धन्दा राेकिने भएकोले जसरी पनि रविलाई सिध्याउन पर्छ भनेर हात धाेएर मेराे पछाडि लागेको समेत बताएका छन।संचार क्षेत्रमा ताेप बर्साएका लामिछानेलाई त्यति सहज छैन भन्ने उनकाे भनाइ बाट  बुझ्न सकिन्छ, तर उनले आफ्नो ईमान रहुन्जेल कसैले केही गर्न नसक्ने जिकिर पनि गरेका छन।गलत नगरेकाे जान्दाजान्दै  आफुलाई नचलाउन समेत लामिछानेले चेतावनी दिएका छन।अब 12 भाईकाे पनि प्रतिक्रिया आउने क्रम जारी छ । अबकाे दिनमा कसले के गर्याे भन्ने कुरा अरुले लेखेकाे भनेकाे भरमा विस्वास गर्नु भन्दा पनि आफैले राम्रोसँग बुझेर मात्रै भर पर्नु पर्ने कुरा स्पष्ट देखिन्छ ।लामिछानेले मिडिया भित्रकाे विकृतिको बारेमा बाेल्ने आँट गरे याे धेरै ठुलाे कुरा हाे ,त्यसैले हक्की लामिछाने लाई धन्यवाद दिनै पर्छ।नेपाल पत्रकार महासंघले भने विज्ञप्ति जारी गरेर लामिछानेले  मिडयालाई  आधारहिन आराेप लगाएकोले माफी माग्नु पर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *