हुने विरुवाकाे चिल्लो पात,रवि लामिछानेले गरे कार्यविधि विपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस 13- नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै सुरक्षा निकायलाई कार्यविधि विपरीत विभिन्न व्यक्तिहरुकाे सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई 48 घन्टा भित्र फिर्ता बाेलाउन निर्देशन दिएका छन।                                            विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ ।तर सत्ता र शक्ति रहेकाले यसको दुरुपयोग गर्दै आएका छन।प्रहरी र सशस्त्रका सुरक्षाकर्मी दुरुपयोग गर्ने गृहमन्त्रालयका कर्मचारी पनि संलग्न रहेका छन् । गृहका कर्मचारीले कार्यविधिले निश्चित गरेको मापदण्ड विपरीत अंगरक्षक र चालक लिने गरेका छन् । कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्वकर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध छ,’ मंगलबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।संचार क्षेत्रमा हुँदा विकृति र विसंगति विरुद्ध चर्को आवाज उठाउने गृहमन्त्रीकाे बाेली र व्यवहारमा तालमेल मिल्यो भने धेरै नराम्रा कुरामा एक्सन हुने देखिन्छ तर सत्तामा हुँदा सत्ता र शक्तिले केही नदेखिने हुन्छ भन्ने गरिन्छ,त्याे कुरा भने हेर्न बाँकी छ।     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *