काठमाडौं पुस 13- world cup 2022 काे राैनक सेलाउन नपाउँदै युराेपीयन घरेलु लिगहरु शुरु हुन थालेका छन।ब्रेक पछिकाे पहिला खेलमा प्रिमियर लिग लिडर आर्सनलले वेस्टह्यामलाई 3-1 ले पराजित गरेर आफ्नो अग्रतालाई कायमै राखेकाे छ।आर्सनलले 27 मिनेटमा वेस्टह्यामकाे वेनरहमाकाे गाेलमा पछि परे पनि साका,मार्टेनली र नेकेताकाे 53,58 र 69 मिनेटको गाेलमा कमब्याक जित निकालेकाे हाे। लिग लिडर आर्सनलकाे 40 अंक रहेको छ। एक खेल बढी खेलेकाे न्युक्यासल भन्दा 7 अंक र एक खेल कम खेलेकाे मेनचेस्टर सिटी भन्दा 8 अंकले अगाडि रहेकाे छ।राेनाल्डाेकाे वहिर्गमन पछि मेनचेस्टर युनाइटेडले पनि सहज जित निकालेकाे छ।रेलिगेसन जाेनमा रहेकाे नटिङ्घम फाेरेस्टलाई रास्फाेड,मार्सेल र फ्रेडले क्रमशः 19,22 र 87 मिनेटमा गाेल गरेर 3-0 काे जित निकालेकाे थियाे।जित सँगै मेनयु 29 अंकको साथ पाँचौ स्थानमा रहेकाे छ।टाेटनह्याम र ब्रेन्टफाेर्ड 2-2 काे बराबरी खेलेका छन।ब्रिङटाेनले साउथम्टनलाई 3-1,न्युक्यासलले लेसस्टरलाई 3-0,फुलहामले क्रिस्टल प्यालेसलाई 3-0,वुल्भसले इभर्टनलाई 2-1,लिभरपुलले एस्टाेन भिल्लालाई 3-1 र चेल्सीले वाेर्नेमाउथलाई 2-0 गाेलले जित निकालेका छन।लिभरपुल 25 अंक सहित छैटौं स्थानमा छ भने चेल्सी 24 अंकको साथ आठौं स्थानमा रहेकाे छ।तेस्रो स्थानमा रहेकाे मेन्चेस्टर सिटीकाेकाे खेल भने आज राति नपाली समय अनुसार 1.45 मा लिड युनाइटेड सँग हुनेछ। आर्सनल खेलाडी खुशी मनाउँदै।