काठमाडौं पुस 11- राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा जाने भए पछि।रास्वपा का सभापति रवि लामिछानेले उप तथा गृहमन्त्री सम्हाल्ने माैका पाएका छन। सरकार गठबन्धनको तेस्राे ठुलाे शक्तिको रुपमा रहेकाे रास्वपाले कुनकुन मन्त्रालय पाउने भन्ने टुंगो लागि सकेकाे छैन।आफ्नै पार्टीका कतिपय सदस्यहरुले सरकारमा जानू हुन्न भन्ने धारणा भए पनि लामिछाने भने सरकारमा जाने भएका छन। आम जनताको चाहना भने लामिछाने ठाउँमा पुगे पछि राम्रो काम गर्न सक्छन माैका गुमाउनु हुन्न भन्ने पक्षमा देखिएका छन।उनले संचार क्षेत्रमा रहेर थुप्रै राम्रा कामहरु गरेकाले पनि उनलाई गृहमन्त्री दिनु धेरै राम्रो देखिन्छ ।उनलेे साँच्चिकै काम गर्ने हाे भने ठुलाे माैका पाएका छन।किनकि नेपालमा धेरै खालका विकृति विसंगतिहरु छन र तिनलाई निराकरण गर्न सक्षम व्यक्तिको आवश्यकता रहेकाे छ।आजै गठन भएको मन्त्री मण्डलामा उप प्रधानमन्त्री मात्रै 3 जना रहेकोले पुरानै शैली सबैलाई पद चाहिने कुरा भने प्रष्ट देखिन्छ ।अन्य उप प्रधानमन्त्रीहरुमा एमालेका बिष्णु पाैडेल अर्थमन्त्री सहित रहेका छन,नेकपा केन्द्रका नाराकाजी श्रेष्ठ भाैतिक पर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने भएका छन।लामिछाने नेतृत्वको रास्वपा स्थापना भएको छाेटाे समयमै सरकारकाे महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नुलाई अन्य पुराना दलहरु प्रति जनता धेरै निराशा भएको संकेत गर्दछ।त्यसाे त लामिछानेको पार्टी भित्र पनि सरकारमा जाने र नजाने पक्ष थिए ।कतिपयले पार्टी भित्र राम्रोसँग छलफल नभएको भनेर गुनासो समेत गरेका छन।निर्वाचन अगाडि नाे नट अगेन बा हरुलाई विदाई गर्नु पर्छ भने पनि उनै बा हरुकाे नेतृत्वमा सरकारमा जानाले लामिछानेले आराेप खेप्नु पर्ने देखिन्छ ।तर पनि उनले पाएकाे जिम्मेवारीलाई सदुपयोग गर्न सके भने धेरै काम गर्न सक्नेछन र आलोचक हरुकाे मुख आफै बन्द हुने छ।याे माैका पनि लामिछानेलाई रहेकाे छ।