रवि लामिछाने नेतृत्वको पार्टी भित्र समानुपातिक सांसदलाई लिएर खैलाबला , पुरानै शैलीमा हिड्ने संकेत ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं मंसिर 25-रवि लामिछाने नेतृत्वको पार्टी भित्र समानुपातिक सांसद चयन गर्ने बिषयलाई लिएर खैलाबैला मच्चिएको छ।पुराना पार्टीहरु मन नपराउने ठुलाे पंक्तिले ठुलाे आशा गरिएको रास्वपा पार्टी पनि पुरानै शैली आफ्नालाई च्याप्ने र पदकाे लागि जे पनि गर्ने बाटोमा गए पछि, याे पार्टी पनि उहीँ ड्याङकाे मुला त हाेईन भनेर टीकाटिप्पणी शुुरु भएको छ।

कांग्रेस, एमाले र माओवादीको असन्तुष्टिले समानुपातिकमा राम्रो सफलता पाएको सो पार्टीले निर्वाचनअघि समानुपातिकमा पठाउने नेताहरूको प्राइमरी इलेक्सन गरेको थियो । भारतको आम आदमीबाट प्रभावित भई रास्वपाले प्राइमरी इलेक्सन गर्दा पहिलो, दोस्रो र तेस्रो नम्बरमा धेरै मत ल्याउनेलाई सांसद बनाइने भनिएको थियो । समानुपातिकमा रास्वपाका प्रवक्ता मुकुल ढकालले गणेश कार्की र दिपक बोहराको नाम काटेर चन्दा कार्कीलगायतलाई पठाएपछि बबन्डर मच्चिएको हाे । कार्कीले  शनिबार  फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता ढकालले आफ्नी गुरुमा र कर्मचारीलाई समानुपातिक कोटामा राखेको भन्दै असन्तुष्टि जनाएका छन। समानुपातिक प्रणालीकै दुरुपयोग गरेको भनेर आरोपसमेत लगाएका छन।

 

समावेशी दलित समूहको पहिलो नम्बरमा आफ्नो नाम भएर पनि आफु छनौट नभएको भन्दै कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा  विरोध जनाएकी छन् ।रोक्कालाई छनौट नगरेर उक्त पार्टीले दलिततर्फ पहिलो र दोस्रो नम्बरमा रहेका पुरुषलाई नै छनौट गरेको छ ।विवादकाविच पनि राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जना सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

आफुले पार्टी बनाउन ठूलो मेहनत गरे पनि  केही व्यक्तिको हठले छायाँमा पारेको आरोप पनि लगाएका छन् । आफू सांसदमा सिफारिस नपरे पनि दीपक बोहराले  भने शनिबार राति रवि लामिछानेसँगको तस्बिर फेसुबकमा राख्दै ‘हामी सँगसँगै छौं’ भनेर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *