नेदरल्यान्डलाई पन्छाउँदै अर्जेन्टिना र ब्राजिललाई पन्छाउँदै क्राेसिया सेमिफाइनलमा ।पाेर्चुगल भर्सेज माेराेक्काे र ईङ्ग्ल्यान्ड भर्सेज फ्रान्सकाे खेल आज।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं मंसिर 24-गएराति भएको दुई क्वाटरफाइनल    खेलमा क्राेसियाले सरपराइज नतिजा निकाल्दै ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेर सेमिफाइनल प्रवेश गरेकाे छ।अर्को खेलमा अर्जेन्टिनाले नेदरल्यान्डलाई पेनाल्टी सुटआउट मै पराजित गरि सेमिफाइनल प्रवेश गरेकाे छ।अब यी दुई टिमकाे भेट सेमिफाइनलमा हुनेछ।क्राेसियाले ब्याक टु ब्याक पेनाल्टी सुटआउटमा विजय हासिल गरेकाे हाे।प्रि क्वाटरफाइनल मा जापानले पहिलो गाेल गरे पनि बराबरी गाेल गरेर पेनाल्टी सुटआउटमा जितेको थियाे भने ब्राजिल सँग पनि  क्वाटरफाइनलमा पहिले गाेल खाएर खेल सकिन 2 मिनेट हुँदा बराबरी गरेर पेनाल्टी सुटआउटमा पुर्याएर जितेकाे थियाे।दुवै खेलमा क्राेसियाली गाेल किपर लिभाकाेभिक  नायक भएका थिए ।अर्जेन्टिना पनि नेदरल्यान्ड जस्तो बलियाे टिमलाई पाखा लगाउन पेनाल्टी सुटआउट पुग्न परेकाे थियाे।निर्धारित र अतिरिक्त  समय दुवैमा 2-2 गाेल भए पछि पेनाल्टी सुटआउट बाट खेल टुंगो लगाउनु परेकाे थियाे।याे पेनाल्टीमा पनि अर्जेन्टिनी गाेल किपर मार्टिनेन्ज नायक बनेका थिए ।यदि अर्जेन्टिना र क्राेसिया पेनाल्टी पुग्छन भने कसले बाजि मार्ला राेचक हुनेछ।क्राेसिया 2018 वर्ल्डकपकाे फाईनलिस्ट हाे।भने अर्जेन्टिना सँग अहिलेसम्मकै उत्कृष्ट खेलाडी मध्येका एक मेस्सी छन।यी दुई टाेलीकाे खेल धेरै  प्रतिस्पर्धा हुनेछ। किनकि दुवै टाेली 50/50 बलियो देखिन्छ ।                                  आजै राति 8.45 मा पाेर्चुगल भर्सेज माेराेक्काे र 12.45 मा फ्रान्स भर्सेज ईङ्ग्ल्यान्ड् हुनेछ।माेराेक्काे बाहेक तिनै टाेली याे विश्वकपकाे दाबेदार टाेली हुन।यसैले पनि खेल धेरै राेचक र प्रतिस्पर्धात्मक हुनेछ।

Lionel Messi of Argentina and teammates celebrate victory in the penalty shootout during the FIFA World Cup Qatar 2022 quarter final match between Netherlands and Argentina.                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *