काठमाडौं मंसिर 23 -कतारमा जारी world cup 2022 मा आफ्नो देश England ले जित्ने पुर्व मेन्चेस्टर युनाइटेड स्टार रियाे फर्डिनान्डले बताएका छन।युरोपेली पावरहाउस फ्रान्स सँग क्वाटरफाइनल खेल भए पनि उनेले फ्रान्स इङ्ल्यान्डकाे स्तरमा नरहेको र सजिलै जितेर सेमिफाइनल पुग्ने दाबी गरेका छन।उनलेे क्रिस्टियानाे काे पाेर्चुगल र मेस्सीकाे अर्जेन्टिना पनि आफ्नो टिमको स्तरमा नरहेकोले आफ्नो देशले वर्ल्डकप जित्ने बताएका छन।याे इङ्ग्लिस फुटबलको लागि सबैभन्दा सुनाैलाे अवसर भएको र फेरि यस्तो माैका आउन 20/25 बर्ष लाग्ने बताएका छन।उनको बिचारमा ब्राजिलले मात्रै आफ्नो टिमलाई हराउन सक्ने तर उनिहरु भन्दा पनि हामी बलियो भएकोले कुनै समस्या नहुने बताएका छन।तर उनले बताएको जस्तो उत्कृष्ट छ भन्ने कुरा तथ्यांकले पुष्टि गर्दैन ।जुन 4 -2022 मा हंगेरी सँग 1-0 ले हारे पछि लगातार पाँच खेल सम्म जित निकाल्न सकेकाे थिएन।2 मा हार अनि 3 मा बराबर गरेकाे थियाे।ईटाली र हंगेरी सँग हारेकाे थियाे भने जर्मनी सँग काे दुवै खेल बराबरी भएको थियाे,1 खेल ईटाली सँग बराबर खेलेकाे थियाे।वर्ल्डकप शुरु भए देखि भने ईङ्ल्यान्ड फर्ममा फर्केको थियाे।उसले समूह चरणमा अमेरिका सँग बराबर ,वेल्सलाई 3-0 ,इरानलाई 6-2 गाेले जितेको थियाे।राउन्ड अफ 16 मा सेनेगललाई 3-0 ले हराएको छ।फ्रान्स सँगकाे ब्लकबस्टर खेल नेपाली समय अनुसार 12.45 डिसेम्बर 11 मा हुनेछ।तर फर्डिनान्डले भने जस्तो फ्रान्सलाई हराउन भने सजिलाे छैन किनकि उनिहरु उत्कृष्ट लयमा छन ।बेन्जमा,पाेक्वा,कान्टे जस्ता हस्तीहरु नभए पनि उनिहरु सँग एकसे एक धुरन्धर खेलाडीहरु रहेका छन।सबैभन्दा खतरनाक स्काेरर एम्बाप्पे ,नेसनल गाेल रेकर्ड धारी जिराउड जस्ता खेलाडीहरु छन।ईन्ल्यान्डलाई फ्रान्स हराउनु फलामको च्युरा सरह नै भन्दा फरक नपर्ला।याे खेल फाइनल सरह हुनेछ।