रबी लामिछानेले दिए सरकारमा जाने संकेत।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं मंसिर 22-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले आफ्नो पार्टी  सरकारमा जान सक्ने बताएका छन।

उनकाे भनाइ  सँगै उक्त पार्टी सरकारमा जान्छ वा जादैन भन्ने  चासो बढेकाे छ । यस विषयमा पार्टी सभापति रवि लामिछानेले केहि संकेत गरेका छन् ।  उनले संसदमा गईसकेपछिको भूमिका के हुने भन्ने बारे पार्टी भित्र छलफल हुन बाँकि रहेको भएपनि पार्टी सभापतिको हिसाबले आफ्नो पार्टीको भूमिका संसदमा एकदमै जिम्मेवार प्रतिपक्षको रुपमा रहनु पर्ने बताएका छन।  उनले सरकारमा जान सक्ने सम्भावना पनि रहेको बताएका छन। तर त्यो खास परिस्थितिमा मात्र हुने उनको बुझाई छ । युवा पुस्ताले सरकारकाे  नेतृत्व गरेका खण्डमा , मेगा प्रोजेक्ट बनाउने सवालमा , जनताको जीवन स्तर उकास्ने, जनतालाई सेवा गर्ने सवालमा सल्लाह गरेर गठबन्धन बनेर जान सकिने उनले बताए।

अहिले देश मा प्रतिपक्ष नै नभएको जस्तो अवस्था रहेकोले पार्टीको जोड प्रतिपक्ष मै रहेको उनले बताए । आफु सत्ताको खेलमा नलाग्ने तर कमिटेड क्याबिनेट बनेमा सरकारमा जान सकिने उनको भनाई थियो । उनले सरकार बनाउने र ढाल्ने खेलमा भने आफ्नो पार्टी नलाग्ने बताएका छन।

अहिलेको ट्रेण्डलाई पुराना राजनीतिक दलको अलोकतान्त्रिक अभ्यासबाट निराशा र आफुहरु प्रतिको आशाको रुपमा लिएको बताएका छन् । रवि लामिछानेको भनाइ यस्तो रहे पनि सबै जसाे नेताहरु संसद छिरे पछि के गर्दा जनताको भन्दा पनि  आफ्नो फाईदा हुन्छ त्यहि गर्ने भएकोले रवि के गरछन समयले बताउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *