कमल थापा नेतृत्वको पार्टी पत्तासाफ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं मंसिर 20- कमल थापा एक बर्ष अगाडि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन सँग पराजित भए पछि उनले राप्रपा नेपाल पार्टी बनाएर त्याे पार्टीको अध्यक्ष पनि भए ।निर्वाचन आयाेगले चुनाव चिन्ह ‘तिर’ दिए पनि थापा भने आफ्नो पार्टीको चुनाव चिन्हमा  नलडी एमालेको  सुर्य चिन्हबाट मकवानपुर 1 मा चुनाव लडे।आफ्नो पार्टीका अरुलाई भने पार्टीको चिन्ह ‘तिर’ बाटै चुनाव लडाए।त्यही कारण पार्टीका कार्यकर्ता रिसाए आफू चुनाव हारे पछि उनी भने सामाजिक संजालमा एमाले अध्यक्ष केपी ओलीकाे गुनगान गाईरहेका छन्।थापा नेतृत्वको राप्रपा नेपाल पार्टीले प्रतिनिधिसभा तर्फ जम्मा 12 हजार बढी मत ल्याएको छ।उनले पाएकाे 26 हजार मत भने उनकाे पार्टीले पाउने छैन ।समानुपातिक तर्फ भने जम्मा 21 हजार जति मत ल्याएको छ।उनले छाेडेकाे राप्रपाले भने प्रत्येक्ष र समानुपातिक गरि 14 सिट जितेको छ।राप्रपाले समानुपातिक तर्फ झन्डै 6 लाख मत ल्याएको छ।पद र पैसाको लागि जे पनि गर्ने थापालाई भने उनले छाेडेका कार्यकर्ता र मतदाताले लाेप्पाे खुवाएका छन।यस्तै तालमा चल्ने हाे भने थापाको राजनीतिक भविष्य समाप्त हुने निश्चित प्राय छ।थापा भन्दा लिङ्देन धेरै गुणा राम्रो भए पनि   लिङ्देनले  राप्रपालाई कसरी संचालन गर्छन त्याे भने हेर्न बाँकी छ।                                                                                                 pic Kamal thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *