world cup 2022 राउन्ड राेबिनका अन्तिम खेल आज,ब्राजिल र पाेर्चुगल बाहेक अन्य टिमकाे भाग्यकाे छिनोफानो आज।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं -world cup 2022 मा आज समूह G र H काे राउन्ड राेबिनकाे अन्तिम खेल हुँदैछ।समूह H काे खेल नेपाली समय अनुसार 8.45 मा अनि समूह G काे खेल 12.45 मा हुनेछन।समूह H मा  पुर्व  युराे  च्याम्पियन  पाेर्चुगाल  दाेस्राे चरणमा प्रवेश  गरिसकेको  छ। याे  समुहमा  पाेर्चुगल  सँगै घाना,उरुग्वे र दक्षिण काेरिया छन।घाना 3 अंककाे  साथमा दाेस्राे  स्थानमा छ भने समान 1/1 अंककाे साथमा  दक्षिण काेरिया र उरुग्वे तेस्राे र चाैथाे स्थानमा छन।बाँकी खेलमा आज पाेर्चुगल र काेरिया अनि घाना र उरुग्वे  खेल्ने छन।घानालाई कम्तीमा बराबर गरे पुग्छ किनकि अन्य टिमकाे भन्दा घानाकाे गाेल अन्तर कम छ।काेरियाकाे  गाेल माइनस 1 र उरुग्वेकाे माइनस 2 गाेल रहेकाे छ।काेरिया र उरुग्वेलाई भने जित्नै पर्ने दबाब छ। गाेल अन्तरकाे कारण दाेस्राे चरण पुग्ने उरुग्वेकाे संभावना धेरै कम छ।यदि  घाना र उरुग्वे  बराबर खेले भने काेरियाले पाेर्चुगललाई कम्तीमा 2 गाेल अन्तरले हराउनु पर्छ।याे संभावना पनि कम छ।यस कारण याे समुहबाट दाेस्राे चरण पुग्ने घाना काे धेरै संभावना  छ।                                      समूह G मा ब्राजिल दाेस्राे चरणमा प्रवेश गरिसकेकाे छ भने उ सँगै समुहमा रहेका स्वीजरल्यान्ड,क्यामरुन र सर्बिया काे भाग्य आज छिनोफानो हुनेछ।स्वीजरल्यान्ड काे 3 अंक छ भने क्यामरुन र सर्बियाकाे समान 1/1 अंक छ।दाेस्राे चरण पुग्न अन्य  टिम भन्दा  स्वीजरल्यान्डलाई  सजिलाे छ।तर याे प्रतियोगितामा अप्रत्याशित नतिजाहरु आएकाले ठाेकुवा गर्न भने सक्ने अवस्था छैन।                                                                             तस्बिर क्रिष्टियानाे राेनाल्डाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *