काठमाडौं जेठ 1-वैदेशिक राेजगारीबाट फर्किने क्रममा नेपालीहरुले एअरपोर्टकाे कर्मचारीबाट पाउन सम्म दुुख पाएका छन।पहिले माेवाइल जफत गरेर माेटाे रकम कुम्ल्याउन पल्केका एअरपोर्ट कर्मचारीहरु प्रचण्ड सरकारले माेवाइलमा कडाइ नगर्ने निति बनाए पछि ,अन्य सामानमा दुख दिन थालेका छन।नियममा स्पष्ट रुपमा 50 ग्राम सम्म सुनबाट बनाएकाे गहना ल्याउन पाईने भनेको छ।त्याे भन्दा बढी सुन ल्याएमा प्रति 10 ग्राम 10500 रुपैया भन्सार लाग्ने भनेर नियममा छ।तर एअरपोर्ट कर्मचारीहरुले 1 ताेलाकाे सुनकाे गहनामा पनि दुख दिने गरेका छन।1 ताेलामा लगभग 11 ग्राम हुन्छ। एक जना भाई दुबई बाट फर्किएका थिए एअरपोर्ट कर्मचारीकाे कारण उनले रातकाे समयमा पाउनु सम्म दुख पाएका छन।उनले बताए अनुसार उनकाे साथमा नगद पैसा थिएन तर 1 ताेलाकाे सुनकाे सिक्रीकाे कारण पाउनु दुख पाएकाे छन।रातकाे समय चिनेकाे आफन्त सँग सम्पर्क छैन ,जसाेतसाे गेस्टहाउसकाे साहुलाई सम्पर्क गरेर पैसा सापटी मागियाे तर ट्याक्सीमा जान आउन मात्रै 3000 लाग्याे ।एअरपोर्ट कर्मचारीले त्यसै छाेडेनन् साेझाे बाेल्न नसक्ने देखे पछि 11000 त्यहीँ बजाइ दिएछन।1 ताेला सुनकाे लागि कुकुरले नपाउने दुख पाएछन।यसरी 50 ग्राम सम्म सुनकाे गहना ल्याउन पाउने नियम हुँदाहुँदै पनि खान पल्केका एअरपोर्ट कर्मचारीले ती युवाकाे 13/14 हजार स्वाहा बनाइदिएछन।हुनत नेपालमा सरकारी काम कहिल्यै नपराेस भन्ने लाग्छ किनकि सरकारी कर्मचारी यति हरामी हुन्छन कि दुख दिन सम्म दिन्छन।पैसा बिना काम बन्ने वाला छैन।नेपालमा सबैभन्दा सुधार गर्नु पर्ने काम भनेको कर्मचारीतन्त्र हाे।