विश्व आर्थिक मंदीकाे असर नेपालमा पनि,सेयर बजार फेरि 18 सयकाे बिन्दुमा ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 12-अमेरिका जस्तो ठुलाे अर्थतन्त्र ओगट्ने देशकाे ठुला बैंकहरु लगालग डुब्न थाले पछि त्यसको असर अन्तर्राष्ट्रिय स्तरमा देखिन थालेकाे छ।धेरै देशकाे सेयर बजार घटिरहेका छन।त्यहि क्रममा नेपालमा पनि सेयर बजार घट्ने क्रममा रहेकाे छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से 26.86 अंकले घटेर 1888.27 विन्दुमा झरेर बन्द भएको छ।

त्यस्तै आज नेप्सेमा एक अर्ब 28 करोड 93 लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका 19 कम्पनीको शेयरमूल्य बढेको छ भने 193 कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै 2 कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य 9.99 प्रतिशतले बढेर प्रतिकित्ता 353.30 रुपैयाँ पुगेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य 9.98 प्रतिशतले बढेर प्रतिकित्ता 361.40 रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार जाल्पा विकास लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य 10 प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज 8 करोड 62 लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *