विदेशमा हुनेहरूलाई दुई हाईड्राेपावरकाे ipo भर्ने माैका।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 7- नेपाल सरकारले विदेशमा काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर  पब्लिक कम्पनीहरुले (ipo) इनिसियली पब्लिक अफरिङ काे अनिवार्य काेटा छुट्याउनु परर्ने नियम बनाएकाेले, अहिले विदेशबाट पनि अनलाइन काे माध्यमबाट (ipo) भर्न  सकिने भएको छ।त्यसको लागि विदेश जाने कामदारहरुले नेपालमा नेपालमा बैंक अकाउन्ट् ,डिम्याट अकाउन्ट् र मेराे सेयरकाे अकाउन्ट् खाेलेर जानू पर्नेछ।जुन  बैंकबाट  डिम्याट  खाेल्नु भएको छ  त्यही बैंकले इलेक्ट्रोनिक माध्यमबाट अटाेमेटि तपाईंकले भरेकाे ipo काे मूल्य बराबरको   रकम सेयर बाँडफाँड नहुँदा सम्म राेक्का गरेेर राख्छ।मेराे सेयर अकाउन्ट्काे माध्यमबाट तपाईंले ipo भर्न र आफ्नो सेयरकाे पाेर्टफाेलियाे मेनेज गर्न सक्नु हुन्छ।यहाँसम्मकाे कामहरु प्राथमिक बजारमा गर्न सकिने काम हुन।यदि दाेस्राे बजार stock exchange बाट डाइरेक्ट सेयर किन्न चाहनु हुन्छ भने तपाईंहरुले ब्राेकर अकाउन्ट् पनि खाेल्नु पर्ने हुन्छ।किनकि कुनै पनि कम्पनीको सेयर किनबेच गर्नु परेमा अनिवार्य ब्राेकर अकाउन्ट् हुनु पर्ने सरकारकाे नियम छ।अर्थात दलाल कम्पनीको माध्यमबाट मात्रै काराेवार गर्न पाईन्छ ।

अहिले दुई हाईड्राेपावर कम्पनीले ipo खुलाएका छन।माेदी इनर्जी लिमिटेड र माई खाेला हाइड्राेपावर लिमिटेड।याे सेयर विदेशमा काम गर्ने नेपालीहरुकाे लागि रिजर्भ गरेकाे हुनाले तपाईहरुले विदेशबाट यी दुई कम्पनीको ipo भर्न सक्नु हन्छ।ipo भर्दा जहिले पनि 10 कित्ता भन्दा बढी नभर्नु हाेला किनकि धेरै पर्ने संभावना हुँदैन ।धेरै कित्ता ipo भर्नु भयाे भने जति धेरै ipo भर्नु भयाे उत्तिनै धेरै रकम राेक्का हुने भएकोले  सेयर बाँडफाँड नहुँदासम्म तपाईंको पैसा राेकेर राखिदिन्छ ।त्याे पैसाले तपाई अन्य काम गर्न सक्नु हुन्छ,त्यसैले   यसले तपाइँलाई बेफाइदा पुर्याउछ। विदेश मा हुने दाजुभाइ दिदी बहिनीहरु बेलैमा पैसाले हाम्रो लागि  कसरी काम गर्छ भन्ने कुरा जानेर आर्थिक रुपले सम्पन्न हुनुहाेस।सबै जसाे ipo सय रुपैयाँ कित्ता मूल्य हुन्छ ,यदि  तपाईंलाईले भरेकाे ipo पर्याे     भने त्याे ipo  दाेस्राे बजारमा लिस्टिङ हुने बेलामा कम्तीमा पनि पनि 200 देखि 250 सम्मकाे कित्तामा लिस्ट हुने भएकोले फाइदा नै हुन्छ।यदि तपाईंले भरेकाे ipo परेन भने तपाईंको  राेक्का गरेर राखेकाे रकम तपाईंको बैंक अकाउन्ट्मा फिर्ता गरेर राखिदिन्छ।अनि फेरि अर्को ipo भर्न वा आफ्नो आवश्यकता अनुसार खर्च गर्न सक्नु हुन्छ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *