काठमाडौं चैत 10- पाेर्चुगलकाे जितमा कप्तान क्रिस्टियानाे राेनाल्डाे नायक बनेका छन,साथै उनले केही अदभूत रेकर्डहरु पनि बनाएका छन।
युराेपियन क्वालिफायर 2024 मा पाेर्चुगलले सहज जित हात पारेकाे छ।तुलनात्मक रुपमा पाेर्चुगल भन्दा धेरै कमजाेर मानिएको लेइचटेन्सटेनलाई 4-0 गाेलले पराजित गरेकाे हाे।कान्सेलाेले 8 ओैं मिनेटमा गाेल गरेर सुरुवात मै अग्रता लिएको पाेर्चुगलका लागि 47 ओैं मिनेटमा सिल्भाले गाेल गरेर दाेब्बरकाे अग्रता दिलाएका थिए ।त्यस पछि पालाे कप्तान राेनाल्डाेकाे रह्याे उनले 51ओैं मिनेटमा पेनाल्टी मार्फत गाेल गरेका थिए । राेनाल्डाेले फेरि 63ओैं मिनेटमा गाेल गरे 4-0 काे अवस्थामा पुर्याएका थिए ।त्यसपछि कुनै गाेल हुन सकेन र पाेर्चुगल 4-0 ले विजयी भएको थियाे।कप्तान राेनाल्डाेले करीब 80 मिनेट मैदानमा बिताएका थिए ।उनलाई बेनिफिकाकाे उदाउदाे युवा स्टार रामाेसले प्रतिस्थापन गरेका थिए ।
याे खेल सँगै कप्तान राेनाल्डाेकाे नाममा एकै पटक 3 ठुला रेकर्ड कामय गरेका छन। पहिलाे राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेलमा सहभागी हुने 197,राष्ट्रिय टिमबाट 20 बर्ष लगातार गाेल गर्ने र राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गाेल गर्ने 120 जस्ता ठुला रेकर्ड बनाएका छन। सबैभन्दा राष्ट्रिय टिमबाट गाेल गर्ने रेकर्ड उनकै नाममा रहेकाे थियाे। राष्ट्रिय टिमबाट सबैभन्दा बढी खेल्ने रेकर्ड कुवेतकाे बदर अल मुतुवाकाे नाममा रहेकाे थियाे।उनले 196 क्याप खेलेका थिए ।
क्रिस्टियानाे राेनाल्डाेका केही अदभूत रेकर्डहरु यस प्रकार रहेका छन-
सर्वाधिक च्याम्पियन्स लिग गोल 140
सबैभन्दा धेरै च्याम्पियन्स लिग खेल्ने 183
सर्वाधिक च्याम्पियन्स लिगमा जित 5
तीन च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी
पाँच पटक युरोपेली च्याम्पियनसिपको फाइनल खेलेको
युरोपियन च्याम्पियनसिपको फाइनलमा सर्वाधिक गोल 14
सबैभन्दा धेरै युरो र विश्वकप फाइनल गोलहरू 22
विश्व फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल 120
मैत्रीपूर्ण बाहेकमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल 100
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी।सबैभन्दा बढी राष्ट्रिय टाेलीबाट खेल्ने 197 राष्ट्रिय टिमबाट लगातार 20 बर्ष गाेल गर्ने पहिलाे खेलाडी ।2003 देखि 2023 सम्म।