रवि लामिछाने नेतृत्वको रास्वपालाई प्रचण्डको लाेप्पा।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 16-प्रधानमन्त्री प्रचण्डले फेरि मन्त्रीमण्डल बिस्तार गर्न लागेेका छन।कहिले काँग्रेस गठबन्धनको सरकारमा रहेर एमाले सँग चुनाव एकता गर्ने, कहिले आलाेपालाे प्रधानमन्त्री बन्न पाएन भनेर आफ्नै सरकार ढलाउने, कहिले काँग्रेस सँग गठबन्धन गरेर चुनाव लड्ने अनि  काँग्रेसले प्रधानमन्त्री दिएन भनेर एमालेकाे सहारामा प्रधानमन्त्री बन्ने ।अहिले आएर एमालेकाे समर्थनमा प्रधानमन्त्री बने  पछि  एमालेलाई नै पाखा लगाएर काँग्रेस सँग गठबन्धन गरेका छन।उनले काँग्रेसका राष्ट्रपति उम्मेदवार रामचन्द्र पाैडेललाई राष्ट्रपति बनाईसकेका छन। यसरी हेर्दा प्रचण्डको अस्थिरता चरम सीमामा पुगेकाे स्पष्ट देखिन्छ ।आज बाेलेकाे कुरा भाेली व्यवहारमा के गर्छन कसैलाई थाहा छैन।हुन त अन्य पार्टीका नेताहरू पनि आफुलाई के गर्दा फाइदा हुन्छ सतप्रतिशत त्यही गर्छन तर  उनी जस्तो अस्थिर राजनीतिक कर्मी सायदै हाेलान।

प्रधानमन्त्री प्रचण्डले कम्तीमा पनि एमालेको साथ छाेड्नु हुने थिएन।हुनत एमाले पनि दुधले धाेएकाे चाेखाे हाेईन ,एमाले अध्यक्ष केपी ओली चाहिने भन्दा बढी गफ दिन्छन तर पनि उनी आफ्नो कुरामा अडिग छन,आजकाे भाेली यता र उता गर्दैनन् ।तर नेपालकाे राजनीतिकाे शिखरमा रहिरहन कतैबाट आशिर्वाद पनि चाहिने भएकोले उनीहरुले जस्तो गर भन्छन् त्यस्तै गर्छन।प्रधानमन्त्री प्रचण्डले पनि यति तल झरेर आफ्नो इमान ईज्जत्,भ्यालु घट्ने गरेर याे हर्कत गर्नु यसैकाे  परिणाम मान्न सकिन्छ ।

सरकार बिस्तार गर्न लागेका प्रधानमन्त्री प्रचण्डले सबैलाई भाग पुर्याए पनि प्रचण्ड  सरकारलाई  समर्थन दिने प्रमुख पार्टी रास्वपालाई कुनैपनि मन्त्रालय नछुट्याएकाे खबर बाहिर हल्ला छ।एमालेको समर्थनमा सरकार बनाउदा ओलीको दबाबमा भए पनि रास्वपा अध्यक्ष रवि लामिछाने उप तथा गृहमन्त्री भएका थिए ,मतदाता संख्यामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र भन्दा थाेरै मात्रै पछि रहेकाे रास्वपा मुख्य राजनीतिक शक्ति मध्येको एक हाे भन्नेमा कुनै शंका छैन।तर पनि प्रचण्ड हरहालमा रवि लामिछानेलाई आफ्नो साथमा लिएर जाने मुडमा छैनन्।लामिछानेको नागरिकता प्रकरणले सरकारबाट बाहिरिए पनि पुन नागरिकता लिए पछि सरकारमा पहिले कै अवस्थामा फर्किने कुरामा ढुक्क थिए तर प्रचण्डले विभिन्न बहाना बनाएर लामिछानेलाई सरकारमा जान राेकिरहे।सरकारकाे प्रमुख घटक एमाले अध्यक्ष केपी ओलीले लामिछानेलाई फेरि  गृहमन्त्री बनाउन दबाब दिईरहदा पनि प्रचण्डले सुनेकाे नसुनै गरेका थिए ।प्रचण्डले सरकारमा नबाेलाए पछि लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरुलाई पनि सरकार बाट राजिनामा गर्न लगाएका थिए ।तर रास्पपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेकाे थियाे।प्रचण्डले एमाले गठबन्धन छाेडेर काँग्रेस गठबन्धनमा लागे पछि लामिछाने काे अवस्था पनि कमजोर भएको छ किनकि काँग्रेस पनि लामिछानेलाई मन पराउदैनन्।प्रचण्ड सरकारले आफ्नो पार्टीले उठाएका  मुद्दाहरुमा काम गर्ने प्रतिबद्धता जनाएको र सरकारकाे स्थिरता हुनु पर्छ भनेर समर्थन गरेकाे तर्क दिँदै आएको छ।तर पनि पार्टी भित्र र बाहिर लामिछाने पनि सत्ताकाे लाेभमा परेकाे आलोचना हुन थालेकाे छ। तर लामिछाने सरकारमा जान पाए आफुले धेरै काम गर्ने बताउदै आएका छन।संचारकर्मी हुँदा धेरैको आँसु पुछेका लामिछाने माथि धेरैको ठुलाे आशा रहेकाे छ।  प्रचण्डले वास्ता नगर्दा पनि लामिछाने पछि पछि लाग्नुले पनि यही पाे हाे कि भन्ने भान हुन्छ।तर सरकार बिस्तारमा सबै पार्टीलाई भाग छुट्याएका प्रचण्डले  रास्वपालाई भने लाेप्पा देखाईदिएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *