रवि लामिछाने गृहमन्त्री बन्ने संभावना ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस 10-नेकपा केन्द्र काँग्रेस गठबन्धन छाेडेर एमाले सँग मिलेर सरकार बनाउने भएका छन।आज गठबन्धन सँग सरकारमा सहमति नभए पछि नेकपा केन्द्रका अध्यक्ष प्रचण्ड वालकाेट ओली निवास पुगेका थिए ।त्यहाँ अन्य दलका नेताहरू पनि बैठकमा सहभागी थिए ।अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने नेतृत्वमा  सरकारमा सहभागी हुने संभावना रहकाे छ ,यस्तोमा लामिछानेले महत्त्वपूर्ण मन्त्रालय पाउने संभावना छ ।उनले संचार क्षेत्रमा रहेर राम्रो काम गरेकाे उनकाे अनुभव अनुसार पनि लामिछानेले गृह मन्त्रालय पाउनु पर्छ भन्ने आम जनताको चाहना रहेकाे छ।त्यस्तै राप्रपा पनि सरकारमा जाने भएको छ,राप्रपाका युवा नेता र भ्रष्टाचार विरुद्ध आवाज उठाउने ज्ञानेन्द्र शाहीले पनि जिम्मेवारी पाउने संभावना रहेकाे छ।त्यस्तै जनमतका सिके राउत पनि नयाँ अनुहार भएकोले उनले पनि महत्त्वपूर्ण जिम्मेवारी पाउने संभावना रहेकाे छ।सरकारमा अन्य साना दलहरु जसपा र जन उन्मुक्ती पार्टी पनि सहभागी हुने समाचार आएको छ।एमाले ,नेकपा केन्द्र ,रास्वपा,राप्रपा ,जनमत ,जन उन्मुक्ति मिले पछि सजिलै बहुमत पुग्ने छ।तर नेपालकाे राजनीति कतिबेला कसले काेल्टे फेर्छ थाहा नहुने भएकोले कति सम्म सरकार टिक्छ भन्न सकिने अवस्था भने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *