काठमाडौं -निर्वाचन 2079 काे मतगणना अन्तिम चरण छ, कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने पक्का भईसकेकाे छ। यस्तोमा ठुलाे दलकाे हैसियतले नेपाली काँग्रेसले सरकार गठन काे पहल गर्ने छ।नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन मिलेर चुनाव लढे पनि बहुमत नपुग्ने देखिन्छ ।यस्तोमा एमालेले पनि सरकार गठनकाे पहल गर्ने छ। एमाले, राप्रपा लगायतका पार्टीहरु मिलेर अर्को चुनावी गठबन्धन गरेका थिए भने समानुपातिक तर्फ अन्य पार्टीको भन्दा एमालेले धेरै मत ल्याउने देखिन्छ ।यसरी हेर्दा दुवै पक्षकाे सरकार बन्न सक्ने देखिन्छ ।सरकार गठनको चावी भने रबी लामिछाने नेतृत्वको पार्टी रास्वपा हुन सक्छ।याे पार्टीले कुन गठबन्धनलाई समर्थन गर्छ उसैले सरकार सजिलाे गरि बनाउने देखिन्छ।तर सत्ताकाे खेल त्यति सजिलाे छैन भाेली कुनै पनि दल कुनै पनि दल सँग सरकारमा जान सक्छ याे विगतको अनुभवले पनि देखाएकाे छ, सरकार गठन गर्न त्यति सजिलाे छैन। सरकार बनाउन बहुमत पुर्उयाउन कठिन देखिन्छ। अहिलेसम्म हेर्दा प्रत्येक्ष तर्फ नेपाली काँग्रेस 53,माओवादीको 17,एकीकृत समाजवादीको 10, लोसपा 4, राष्ट्रिय जनमोर्चा १ गरी गठबन्धनको सिट संख्या 85 पुग्न जान्छ। गठबन्धन दलले समानुपातिकबाट 53 सिट ल्याउनुपर्ने हुन्छ सरकार गठनका लागि। 275 सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा सरकार गठनका लागि संविधानको धारा 76 को उपधारा 1 अनुसार गठन हुने छैन। 76(2) अनुसार सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यको नेतृत्वमा सरकार गठन हुने छ। 275 सदस्यीय संसदमा बहुमतका लागि 138 जना आवश्यक पर्छ। एमाले वा कांग्रेसमध्ये जसले 138 जना पुर्याउन सक्छन् उसैको नेतृत्वमा अबको सरकार बन्ने छ।
समानुपातिक र प्रत्यक्ष तर्फको गरी पहिलो दल हुने दिशामा अघि बढिरहेको नेपाली कांग्रेसलाई गठबन्धन र गठबन्धन बाहिरका दलसँग मिलेर सरकार बनाउन एमाले र अरू दलको तुलनामा केही सहज हुने छ। अहिलेसम्मको परिणामअनुसार चौथो स्थानमा रहेको रास्वपा कसको कित्तामा खुल्ने छ त्यसले पनि त्यसले पनि अबको सत्ताको खेलमा रोचकता थप्ने छ।तर सत्ताको लाभ लिईसकेका खप्पिस पुराना पार्टीहरु सकभर एकले अर्कोलाई सरकार गठनमा राेक्ने प्रयासमा हुनेछन।आफुले नपाउने भए अरुलाई पनि माैका दिन्न भन्न सक्छन।यस्तोमा एउटा गजबको विकल्प भनेकाे रबी लामिछाने हुन सक्छन,उनी संसदमा फ्रेस पनि छन र जनताले केही गर्न सक्ने व्यक्तिको रुपमा हेरेका छन।अर्को राम्रो पक्ष भनेकाे पुराना पार्टीहरुमा पनि नयाँ युवा अनुहारहरु निर्वाचित हुनुु हाे।उनिहरुले पार्टीमा पकड जमाउन सके भने पक्कै पनि बिराेधी पार्टीलाई सरकारमा जान दिनु भन्दा रबी नै ठिक लाग्ने छ,त्याे काँग्रेस नेतृत्वको गठबन्धन हाेस वा एमाले नेतृत्वको गठबन्धन हाेस। आउने दिनमा सरकारकाे नेतृत्व रबी लामिछानेले गरेछन भने देशलाई राम्रो नै हाेला।रबी लामिछानेले सरकारकाे नेतृत्व गर्ने आशा धेरै कम भए पनि संभावना भने रहेकाे छ।