युराेपियन फुटबलमा तहल्का मच्चाएका क्रिस्टियानाे राेनाल्डाे यसियन क्लवमा आवद्ध भए ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस 16-मेनचेस्टर युनाईटेड सँग अलग भएपछि क्लव विहिन रहेका पाेर्चुगिज लेजेन्ड सि आर सेभेनले नयाँ क्लव फेला पारेका छन।युराेपियन फुटबलमा सबै खाले उपाधी जितेका पाँच पटककाे बेलाेन डे ओेरले सम्मानित भएका क्रिस्टियानाे राेनाल्डाे यसियन क्लव अल नासिर सँग आवद्ध भएका छन।अल नासिर क्लव साउदी अरवियाकाे सफल क्लव हाे।युराेपियन फुटबलको जस्तो चार्म नभए पनि स्थानीय स्तरमा फुटबललाई खुबै रुचाईन्छ साउदी अरबियामा।स्थानीय क्लवहरुकाे फ्यान फ्लाेईङ जबर्जस्त देख्न पाईन्छ ।ठुला दुई क्लव बीचमा खेल छ भने अरु काम छाेडेर भए पनि फुटबल हेर्न छुटाउँदैनन् साउदी अरबियाका फुटबल समर्थकहरु।स्थानीय खेल भए पनि ठुला क्लवकाे खेल हुँदा प्राय रंगशाला भरिभराउ हुन्छ।केही बर्ष अगाडि मात्रै साउदी सरकारले महिलाहरु पनि रंगशाला जान पाउने नियम लगाए पछि महिला फ्यानहरु पनि रंगशालामा धेरै उपस्थित हुने गरेका छन।विभिन्न मिडियाहरुले सम्झौता र पैसाको बारेमा चर्चा गरेका छन।उनले अहिलेकाे लागि अढाई बर्ष सम्झौता गरेकाे खबर छ ,200 मिलियन युराेमा सम्झौता भएको भने पनि क्लवले स्पष्ट रुपमा उल्लेख गरेकाे छैन।हिजाे मात्रै क्लवले राेनाल्डाेकाे फाेटाे सेयर गरेर उनलाई क्लवमा आवद्ध गराउन सफल भएको र  उनलाई आफ्नो क्लवमा देख्न पाउँदा धेरै  गर्व महसुस गरेकाे जनाएको छ।यसियन फुटबलमा राेनाल्डाे जस्तो ठुला खेलाडी खेल्नुले यसियन फुटबलको विकास हुनेछ।साथै साउदी अरबलाई विश्वकप आयोजना गर्न पनि सघाउ पुग्ने आशा गरिएको छ।उनी धेरै ठुलाे मिडिया पर्सन भएकोले अब मिडियाको ध्यान पनि यसियन फुटबल तिर पनि जबर्जस्त आकर्षित हुने देखिन्छ ।यसकाे लाभ यसियन फुटबलले उठाउने नै छ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *