म जस्तो राष्ट्रवादी काेई छ? राष्ट्रवादकाे भित्री कथा।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं जेठ 28 आईतबार-

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र राष्ट्रियता काे सवाल?

भर्खरै मात्रै प्रधानमन्त्री प्रचण्ड भारतकाे 4 दिने ओैपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन।नेपालमा चाहिँ आफुलाई वाैद्धिक पढेलेखेकाे जान्ने सुन्ने देखि हावा हावामा राजनीतिक बिष्लेशक भएकाहरु प्रचण्ड भारत नपुग्दै आलोचना गर्न शुरु गरिसकेका थिए ।प्रधानमन्त्रीको स्वागत एकदमै तल्लाे स्तरकाे अपमानजनक देखि भारतले नेपाललाई धेरै हेपेर भैंसी उपहार दिएर पठाएको सम्म ।आलोचना नै आलोचना गरेकाे देखिन्छ ।आजको संसदीय बैठकमा पनि यसकाे राम्रै चर्चा परिचर्चा भएको थियाे।प्रचण्डको भारत भ्रमण सबैको नजरमा समग्रमा एकदमै राष्ट्रघाती र देशकै बेइज्जत गरेकाे भनेेर आमजनमानसमा संदेश गएको देखिन्छ ।तर के साँच्चिकै राष्ट्रघाती नै छ त?

के हाम्रो राष्ट्र हल्ला गरे जस्तै  धरापमा छ त?बिस्तारमा चर्चा गराैं।

व्यवहारिक रुपले हेर्दा  अन्य राष्ट्रहरुकाे पनि दुई देश जाेडिएका सिमानाहरुमा सामान्य विवाद भएको नै देखिन्छ ।नेपाल इन्डिया काे बिचमा बेलाबेलामा विवाद देखिनु स्वभाविक हाे।समस्या हुँदै नभएको हाेइन मिलेर समाधान गर्न सकिन्छ ।तर नेपालमा कतिपय राजनीति गर्नेहरु,बुद्धिजीवीहरु आफुलाई ठुलाे राष्ट्रवादी देखाउन इन्डियालाई भएभर गाली गरेकाे देखिन्छ ।समाजमा अलि पढेलेखेका टाँठाबाठाहरुले उठाएको कुरा राम्रो हाेला भनेर सर्वसाधारणले पनि हाे मा हाे थप्छन।तर अर्को देशलाई गाली गरेर आफ्नो चुलाे जल्ने वाला छैन भनाैं आर्थिक प्रगति हुने छैन र देश अझै अद्याेेेगतिमा जानेछ।

राजनीतिक कारणले गर्दा सिमाहरु बनाईयाे तर पृथ्वी सबै प्राणीको साझा घर हाे।लिपुलेक ,लिम्पियाधुरा हामीले पाए पनि बस्ने उही मानिस हाे जाे त्यहाँ बसेर उपभाेग गरेका छन।जाे पहिले देखि इन्डिया काे नागरिकता पाएका छन,अन्य सेवा सुविधा इन्डियाले नै दिएको छ।तिनलाई नेपाली बनाउछु भन्नू कति व्यवहारिक हाेला?अर्को कुरा देशकाे माया यति धेरै लाग्ने हामी नेपाली किन संसार भर गएर अर्काे देशमा किन काम गर्नु देश बनाउनु छ भने अर्को देशकाे पिआर काे लागि किन मरिमेट्नु?प्रश्न हामी आफैलाई पनि गर्नु पर्ने देखिन्छ ।

नेपाल आर्थिक रुपले विकास किन हुन सकेन?

सबैभन्दा राजनीतिक नेताहरु भ्रष्टाचारी बेइमानी हुनु,त्यसपछि कर्मचारी तन्त्र उहीँ हाे “सरकारी काम कैले जाला घाम”।महा खन्चुवा पैसा खाए बिना काम गर्दैनन् अधिकांश कर्मचारी ।स्पष्ट याेजना नबनाउनु त्यसलाई लागू पनि सही ढंगले नगर्नु ।जुन याेजनामा पनि कमिसनको खेल हुनु।सबैको कमाउ धन्दा बनेकाे नेपालकाे सरकारी बजेट।त्यस पछि ठुलाे राेगकाे रुपमा रहेकाे छ “राष्ट्रवादी नारा” त्याे पनि कस्तो राष्ट्रवाद भने देशमा केही काम गर्न परेन इन्डिया ,अमेरिका र अरु देशलाई जति गाली गर्न सक्याे उति राष्ट्रवादी भईन्छ।कुनै बिदेशी कम्पनीले काम मात्रै गर्छु भनाेस खासगरी इन्डियाकाे सवालमा  देशमा आगाे बल्छ राष्ट्रवाद जाग्छ।राष्ट्रवाद यति चर्को छ कि आफू खाडीमा गएर दुख गर्न पीडा ठान्दैन तर नेपालमा कुनै पनि विदेशी लगानी नहाेस भन्ने चाहन्छन्।यसमा मुख्य श्रेय चाहिँ नेपालका कम्युनिस्ट हुँ भन्नेहरुलाई जान्छ किनकि सबैभन्दा बढी चर्काे राष्ट्रवादी नारा लगाउने तिनै हुन।चिन कम्युनिस्ट राष्ट्र भए पनि विश्वभर काे ठुला कम्पनीहरुलाई स्वागत गर्याे विदेशी लगानीलाई सुरक्षा दियाे अहिले विश्वकाे नम्बर एक अर्थतन्त्र हुने बाटोमा छ ।तर हामी   नेपाली  आफ्नो भाग पुगेन आफुले खान पाएन भने जे पनि गर्छन। देशलाई जस्तोसुकै घाटा हाेस मतलब छैन मान्छे मार्न परे पनि मराेस भन्ने आफ्नै आँखाले देखियाे।

के प्रचण्डको भारत भ्रमण राष्ट्रघाती नै हाे त?

खाेक्राे राष्ट्रवादलाई छाेडेर विशुद्ध आर्थिक उन्नतिकाे दृष्टिले हेर्ने हाे भने प्रचण्डको भारत भ्रमणमा भएका केही सम्झौताहरु राम्रो र नेपाललाई आर्थिक रुपले  फाइदा पुग्ने  देखिन्छ ।जस्तै 10  हजार मेघावाट विद्युुत ,पारवहन ,ग्यास पाइपलाइन आदि तर जहिले पनि दुई देश बिच  गरेका सम्झौताहरु कार्यान्वयन राम्रोसँग नभएकोले दुवै देशले फाइदा लिन सकेकाे देखिन्न। चिन र भारत जस्तो ठुलाे बजार नजिक भए पनि नेपालले त्यसको लाभ लिन सकेकाे छैन।नेता बुद्धिजीवी हुँ भन्ने हरु खाेक्राे राष्ट्रवादकाे कुरा गरेर सर्वसाधारण जनता झुक्याउने जनता पनि नबुझेर हाे मा हाे मिलाउने।समग्रमा भन्नू पर्दा प्रचण्डको भारत भ्रमण न राष्ट्रवादी न राष्ट्रघाती देशलाई याे नाजुक आर्थिक  अवस्थामा पुर्याउनुमा प्रचण्डको पनि ठुलाे हात छ।सुरुङ्ग युद्ध देखि के के हाे सबैलाई जगजाहेर नै छ।अरु पनि टनकपुर सन्धी गरेर नेपाललाई खर्बाैं रुपैयाँ आउँछ भनेर हावा फिटे आफ्नो गाेजी भरे न खर्बाैं पैसा आयाे न सिमा रह्याे उनै आज देशकाे सबैभन्दा ठुलाे राष्ट्रवादी भएका छन।तिनैलाई राष्ट्रवादी मान्ने हामी मूर्ख जनता छाैं।

आर्थिक उन्नतिकाे लागि  सबै जनता मिलेर काम गर्न पर्याे ।   नेता ,कर्मचारी सुध्रिनु पर्याे।हामी जनता पनि विदेश जान्न देशमै बसेर केही न केही उद्यम गर्छु भनेर लाग्नु पर्याे।अनि मात्रै बन्छ देश।अनि  भईन्छ असली राष्ट्रवादी।एकदिन इन्डियाबाट तरकारी फलफुल ,खाद्यान्न नआउने हाे भने महंगीले आकाश छुन्छ।हामी काम गर्दैनौं अरुलाई गाली गरेर के गर्नु हाे?खाेक्राे राष्ट्रवादकाे नाराले हामीलाई धेरै हानि गरेकाे छ।विदेशी लगानी स्वागत गराैं त्यसमा राष्ट्रवाद नजाेडाैं,फास्ट ट्रयाक र पाेखरा अन्तर्राष्ट्रिय एअरपोर्ट राष्ट्रवादकाे काेपमा पर्दा देशले ठुलाे नाेक्सानी बेहाेर्ने वाला छ।कतिपय साेच चिनलाई काम गर्न दिंदा राष्ट्रवाद इन्डिया र अमेरिकालाई गर्न दिंदा राष्ट्रघात भन्ने छ त्याे सरासर गलत छ।जसले काम गरे पनि सहि मुल्यमा राम्रो काम गर्नेलाई प्राथमिकता दिनु पर्छ।अब नाराले हाेइन काम गरेर मात्रै आर्थिक विकास गर्न संभव छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *