बैशाख 1 गते देखि सबै स्थानीय निकायबाट श्रम स्वीकृति लिन सकिने।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 17-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रममा लागेका युवालाई पहलाे प्राथमिकता दिने कुरा बताउदै आएका छन।यही क्रममा प्रधानमन्त्री दाहाल सरकारले  बिदेशमा श्रम गरेर आउने नेपालीले ल्याउने माेवाइलमा पहिलो भएको कडाइ कानुन परिवर्तन गरेर अहिले दुईवटा सम्म माेवाइल ल्याउन पाईने र आईएमईआई नम्बर पनि दर्ता गर्नु नपर्ने बनाएको छ।सामाजिक सुरक्षा अन्तर्गत सकेसम्म पछि आउने श्रमिकको समस्या लाई समाधान खाेज्ने काम गरेकाे छ।साथै बिदेशमा हुने नेपालीहरुकाे लागि बिरामी भएको बेला  समयमा उपचार नपाउने समस्या हल गर्न टेली मेडिसिन काे व्यवस्था गरेकाे छ, फाेन कलकाे माध्यमबाट उपचारको समाधान खाेजिने कार्यक्रम हाे टेली मेडिसिन ।यी सबै कुराहरु व्यवहारमा लागू भए राम्रो कार्यक्रम हुन।त्यस्तै दाहाल सरकारले बैशाख 1 गते देखि सबै स्थानीय निकायबाट वैदेशिक राेजगारीमा जानेहरुले श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकाे छ।वैदेशिक राेजगारीमा जानकाे लागि अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भएकोले सबैले काठमाडौं धाउनु पर्ने वाध्यता थियाे ।प्रदेश सरकारबाट श्रम स्वीकृति  लिन सकिने भए पनि त्याे प्रभावकारी भएको थिएन।काठमाडौंमा श्रम स्वीकृति लिनेकाे चाप भए पछि सजिलै श्रम स्वीकृति लिन सकिने अवस्था थिएन।त्यस्तोमा श्रम स्वीकृति दिने कर्मचारी र दलालकाे मिलेमतोमा वैदेशिक राेजगारीमा जानेहरुलाई लुट्न सम्म लुटेका थिए।सजिलै बन्ने काम पनि विभिन्न बहाना गरि याे नमिलेको त्याे नमिलेकाे भनेर पैसा नखुवाए सम्म काम बन्ने थिएन।स्थानीय निकाय बाटै श्रम स्वीकृति लिन मिल्ने भए पछि वैदेशिक राेजगारीमा जानेहरुलाई धेरै राम्रो सुविधा मिल्ने भएको छ।काठमाडौं आउजाउ खर्च हाेटल वसाई खर्च दलाल र कर्मचारी काे तनाव सबै कुराबाट मुक्ती मिल्ने भएको छ।याे व्यवस्थाले काठमाडौं काे व्यापार व्यवसाय पनि मज्जैले घट्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *