बैंकको किस्ता थेग्न नसकेर व्यवसायीले गरे आत्महत्या ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
 काठमाडौं चैत्र 2- देशकाे आर्थिक अवस्था चरम उत्कर्षमा पुगेको बेला  एक पछि अर्को गर्दै व्यवसायीहरु धरापमा पर्ने क्रममा छन।यहि दुखद घटना हुने क्रममा  फेरि अर्को       रामेछापका एक व्यवसायीले आत्महत्या गरेका छन् ।

उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन्। रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायी दीपक पौडेलले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार पौडेल लामो समय व्यापार व्यवसायमा संलग्न रहेको र बैंकको किस्ता तिर्न नसकेको कारण आर्थिक भार सहन नसकेर आत्महत्या गरेका हुन्।

लामो समयदेखिकाठमाडौँमा बस्दै आएका पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेका हुन्। ‘बिहान मर्निङ जाँदा डोरी किनेर झोलामा लिएर आएछन् । त्यसपछि आमालाई भाइको घरमा, श्रीमतीलाई जुस किन्न र सानो छोरो कलेज पठाएर उनी झुन्डिए छन् ।

उनको योजनाबद्ध तरिकाले ज्यान लिएको देखिन्छ । यो बैंकको ब्याज तिर्न नसकेरै ज्यान लिएको धेरैलाई थाहा भएको कुराहो । उहाँ ठुलो व्यापारी हुनुहुन्थ्यो ।’ श्रेष्ठले बताए।पौडेलले व्यवसाय सञ्चालनका लागि भन्दै लिएको ऋण आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उनी केहि समयदेखि पीडामा थिए । स्रोतका अनुसार उनले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *