काठमाडौं जेठ 18 बिहिवार -हामी नेपालीको बिदेशमा हुँदा नेपाल गएर केही न केही व्यापार व्यवसाय गर्ने र वैदेशिक राेजगारीबाट छुटकारा पाउने सपना हुन्छ।विदेश बस्दाकाे आफ्नै खाले पिडाहरु हुन्छन्।परिवार, देश छाेड्नुकाे पीडा त हुन्छ नै विदेश पुगे पछि साेचेकाे भन्दा धेरै फरक दुख संघर्ष गर्नु पर्छ।यस्तै कथाव्यथाबाट मुक्ति पाउन नेपाल मै बसेर केही गर्नु पर्छ भन्ने मनमा कुरा खेल्छ।बिस्तारै समय पनि बित्दै जान्छ याे पटककाे छुट्टीमा नेपालमै बसेर केही गर्नु पर्ला भन्याे आएको 2 महिना मै खल्ती रित्ताे हुन्छ साेच्दासाेच्दै फेरि विदेश फर्किन वाध्य भईन्छ।जसाे तसाे 2/3 पटककाे छुट्टी पछि केही व्यवसाय गर्ने प्रयास गरिन्छ तर हामी लगभग सबै जसाे फेल हुन्छौं र फेरि थपिएको ऋण तिर्न विदेश पलायन हुन्छौं ।हामीले कुनैपनि व्यवसाय गर्दा किन असफल हुन्छौं यही विषयमा बुँदागत चर्चा गर्ने छाैं।
हामीले व्यवसाय गर्दा असफल हुने कारण हरु यस प्रकार छन।
1- बिना रिसर्च अरुले गरेकाे देखेर माेटिभेट भएर काम शुरु गर्नु।
विदेशमा इन्टरनेटकाे राम्रो एक्सेस हुने भएकोले , हामी विदेशमा हुनेहरु देशमै केही पेशा व्यवसाय गरेर सफल भएकाहरुकाे भिडियो हेर्ने उनिहरुले भनेको कुरा सुन्ने गर्छौं ।कसैले कुखुरा पालेकाे,कसैले बाख्रा पालेकाे,कसैले माछा पालेकाे,कसैले दूध उत्पादन गरेकाे,कसैले तरकारी फलफूल उब्जाएको ,कसैले व्यापार व्यवसाय गरेकाे देख्छाैं।नेपालमा व्यवसाय गरेर सफल हुनेहरुले यति लाख कमाए उति लाख कमाए यति कराेड पुगेको छ भन्छन् ,हामीलाई पनि लाग्छ नेपाल नगरेर बेकारमा विदेशमा बसिएछ। गरे पैसा त नेपाल मै रहेछनि भन्ने लाग्छ।हामीले पैसा बनाएको त देख्छाैं तर उनिहरुले गरेकाे संघर्ष भाेगेकाे उतारचढाव देख्दैनाै।दुख संघर्ष भाेग्छु भनेर तयार हुन्नाै, यहि बाट हामी फेल हुुन शुरु गर्छौं ।
2- आफुले गर्ने कामकाे आफु सँग क्लियर भिजन नहुनु ।
कुनै पनि काम गर्दा म याे काम किन गर्दै छु भन्ने स्पष्ट हुनु पर्छ भनिन्छ ।किन गर्ने भन्ने कुरा जानियाे भने कसरी गर्ने भन्ने कुरा 80% आफै समाधान हुन्छ । म याे काम किन गर्दै छु भनेर हामी स्पष्ट हुँदैनाैं ,हामी सँग याे ठाउँमा पुग्छु वा याे उपलब्धि हासिल गर्छु भन्ने क्लियर भिजन हुँदैन ।शुरु देख नै अलमलमा काम गर्छौं ।बिना लक्ष्यकाे गन्तव्य 100% अधुरो हुन्छ भन्नेमा कुनै शंका रहेन।
3-धैर्यता नहुनु छिटो प्रतिफल खाेज्नु।
हामी नाेकरी गर्ने बानी बसेकाहरु दिनदिनै सेलरी पाके जस्तो गरि महिना दिनमै आफुले थालेकाे कामकाे प्रतिफल खाेज्छाैं।याे पनि व्यवसायमा फेल हुने कारण रहेकाे छ।जस्तो व्यवसाय गरे पनि समय लिन्छ लिन्छ ,मानी लिउ कुनै तरकारी फलफूल उब्जाएर पैसा बनाउन लामाे प्रकृया पार गर्नु पर्छ ,पहिले खनजाेत गर्न पर्याे,बीउ लगाउन पर्याे,बीउ उम्रे पछि गाेडमेल गर्न पर्याे हुर्काउन बढाउन पर्याे,हावा हुरी असिना पानीबाट जाेगाउन पर्याे,फल पाके पछि टिपेर बजार पुर्याउन पर्याे अनि उपभोक्ताले किनी सके पछि बल्ल हातमा पैसा पर्छ।कुनै पनि व्यवसाय गर्दा पनि धेरै उतारचढाव पार गरेर मात्रै सफल हुन्छ।तर हामी लामाे संघर्ष गर्न सक्दैनौं हामी धैर्य गर्न सक्दैनौं ।यही कुरामा मार खान्छाैं र असफल हुन्छौं ।
4-काम गर्ने दृढ ईच्छा शक्ति नहुनु ।
हामी बाहिर बाहिर काम गर्ने काेसिस गर्छाैं तर भित्र मन देखि गर्नै पर्छ भनेर लाग्दैनाैं याे पनि असफलताको कारण रहेकाे छ।काम गर्ने क्रममा विभिन्न बाधा अड्चनहरु आउछन र त्याे कुराहरु सँग हार खान्छाैं।हामीमा गर्ने भने पछि चाहे जस्तोसुकै परिस्थिति हाेस गर्ने गर्ने भनेर दृढ ईच्छा शक्ति हुँदैन याे कुराले पनि असफल हुन्छौं ।
5- जिम्मेवारी नलिनु र बहानाबाजी गर्नु।
हामी आफुले काम गर्न नसक्नु असफल हुनुमा अरुलाई नै दाेष दिएर उम्किन्छाैं। तर आफ्नो जिम्मेवारी भुल्छाैं। जस्तै सरकारले काम गर्ने बाताबरण दिएन,समाजले साथ दिएन,साथीभाइले सहयाेग गरेन,आफ्नो दाजुभाइ आमाबाबाले साथ दिएन आदि आदि बहाना बनाउछाैं । आफ्नो कामकाे सपनाको आफैले जिम्मेवारी काे साथ अगाडि बढाउनु पर्छ, आफुले जति अरुलाई दाेष दिएर आफू उम्किन खाज्छाैं उति नै हामी असफल हुँदै जान्छौं ।
यी थिए बिदेशबाट फर्के पछि हामीमा केही गर्ने जाेसजाँगर हुँदाहुँदै पनि असफल हुनुकाे केही प्रमुख कारणहरु।