भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रधानमन्त्री प्रचण्ड पुत्री समेत रहेकाे हुँदा महानगरपालिकाकाे संघिय सरकार सँग तालमेल मिलेकाे हाे।महानगरपालिका प्रमुख दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताइन्। धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र परेकाे थियाे। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई 18 करोड 41 लाख रुपैयाँ भुक्तान गर्न बाँकी जनाएको छ। दाहालकाे अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम गर्न लागिएको हो।रकम तिर्न बाँकी नभएको भए पहिले नै महानगरपालिकाले काम शुरु गर्ने थियौँ उनले भनेकी छन।
खेलकुद मन्त्रालयले खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाकाे प्रतिनिधि रहेकाे समितिले अध्ययन समेत गरेकाे छ।सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ।
भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको 20 बिघा 6 कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउन्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं 2075 मा महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।
फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो।
हिजाे मात्रै भिडियो मार्फत फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु 57 करोड 92 लाख खर्च भएको छ। सोमध्ये नगद र जिन्सी गरी रु 39 करोड 80 लाख उठेको कट्टेल बताउँछन्।
रकम तिर्न नसके पछि विसं 2077 साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो। निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो। महानगरपालिकाले सहमति विपरीत फाउन्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको थियाे।कट्टेलले भने आफू निर्दाेष भएको र आफू दाेषी भए यही रंगशाला बनाउने ठाउँमा आफुलाई गाड्न भनेका छन।धेरै ठाउँ धाउँदा धाउँदा हैरान भएको भन्दै दुखेसो पाेखेका छन।उनले क्रिकेट रंगशाला बन्नु पर्ने कारण बताईरहनु नपर्ने बेलामा पनि सबैलाई यसकाे महत्त्वकाे बारेमा बुझाउदा बुझाउदा थाकेकाे ,आफुलाई अपराधी जस्तो व्यवहार गरेकाेले व्यक्तिगत जीवनमा पनि ठुलाे असर परेकाे बताएका छन। देशकाे लागि सबै कुरा त्यागेर लागेकाे आम सर्वसाधारणले सहयोग गरे पनि , संघिय सरकार, प्रदेश सरकार काे सहयोग नमिलेकाे र कतिपय सहयोग काे बाचा गरे पनि बाचामा सिमित रहेकाेले रंगशाला बनाउने काम राेकिएकाे बताएका छन।