काठमाडौं पुस 15-यतिबेला फुटबल जगतकाे सबैभन्दा सफल नायक महान खेलाडी पेलेकाे मृत्युु भएको छ।संसार नै स्तब्ध भएको अवस्था छ।उनी क्यान्सर पिडित थिए 82 बर्षकाे उमेरमा उपचारको क्रममा साओपाउलाेकाे अस्पतालमा मृत्युु भएको थियाे।उनको जन्म सन 1940 मा ब्राजिलकाे मिनास गेराइसमा भएको थियाे।उनको फुल नाम इडसन आरान्तेस डाे नासिमेन्टाे थियाे। 15 बर्षकाे उमेरमा नै उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।उनले ब्राजिलकाे तर्फबाट सन 1958,1962 र 1970 मा तीन पटक विश्वकप जितेका थिए ।अहिलेसम्म याे उपलब्धि कुनै पनि खेलाडीले हासिल गर्न सकेका छैनन् ।साँच्चिकै भन्नू पर्दा याे रेकर्ड ताेड्न असंभव छ। उनले पहिलाे वर्ल्ड कप जित्दा उनी मात्रै 17 बर्षका थिए । उनको बालापन भने गरिबी र अभावमा वितेकाे थियाे।उनकाे बुबा पनि फुटबल खेलाडी थिए उनमा फुटबल प्रति लगाव भए पनि घरकाे आर्थिक अवस्थाले गर्दा उनले कुनै पनि ट्रेनिङ लिन सक्ने अवस्था थिएन। पेलेलाई चिनाउने काम वा खाेजी गर्ने श्रेय बाल्डेमाेर डी ब्रेटाेलाई जान्छ। उनले भनेका थिए याे केटाे संसारकै सर्वश्रेष्ठ खेलाडी बन्छ। उनकाे बाबाआमाले उनलाई काेचङमा पठाउन नसक्ने अवस्था भएकोले उनले आफ्नो खर्चको लागि चियाकाे दुकानमा काम गरेका थिए ।उनले माेजामा रुई हालेर फुटबलको अभ्यास गरेका थिए ।उनले आफ्नो घरलाई बिना आर्थिक बाेझ आफुलाई उठाएका थिए । उनको जिन्दगी पनि पारिवारिक मामलामा उतारचढाव नै रह्याे उनले पटकपटक गरेर 3 जना सँग विहे गरे भने उनका 7 सन्तान रहेका छन।उनी फुटबल जगतकाे अमर र कहिल्यै नमेटिने नाम हाे। 3 पटककाे वर्ल्ड कप विजेता पेले।