काठमाडौं पुस 10- गठबन्धनकाे सरकार नेतृत्व र राष्ट्रपति दुवै काँग्रेसले नछाेेडे पछि नेकपा केन्द्रका अध्यक्ष प्रचण्ड एमाले सँग मिलेर सरकार बनाउन लागे पछि माधव नेपाल नेतृत्वको नेकपा एस पार्टी यता न उता भएको छ।अघिल्लो निर्वाचनमा बाम एकता गरि बहुमतको सरकार बनाएको एमालेमा पार्टी अध्यक्ष केपी ओली हावी भए पछि धेरै रुष्ट बनेर अर्को पार्टी खाेलेका माधव नेपाल निर्वाचन पछि काँग्रेसकाे सरकार नबन्ने भए पछि सरकारमा नजाने निर्णय गरेकाे छ।ओलीबाट अलग्गिए पछि नेकपा केन्द्र सँग नजिक रहेर सहकार्य गरेकाे नेकपा एस पार्टी अन्तमा गएर नेकपा केन्द्रले एमाले सँग मिलेर सरकार बनाउने भए पछि नेकपा केन्द्रकाे साथ छाेडेर प्रतिपक्षमा बस्ने भएको छ।संधै सत्ताकाे स्वाद चाखिरहने दलहरु अन्तिम समयमा आएर सत्ता बाहिर बस्नु पर्ने भएको छ,भने कतिपय नयाँ पार्टीहरुले माैका पाउने भएका छन।प्रचण्ड प्रधानमन्त्री भए पनि चावी ओलीकाे हातमा भएकोले कति सम्म सरकार टिक्छ भनेर भन्न सकिने ठाउँ छैन।