काठमाडौं बैशाख 2- नयाँ बर्ष 2080 काे शुभारम्भ गर्दै प्रकाश सपुतले ल्याएको गित सकम्बरी 24 घन्टा भित्रै सुपरहिट भएको छ।विभिन्न साेसल मिडियाहरु युट्युव,टिकटक मा भाईरल भएर तहल्का नै पिटिरहेकाे छ।त्यसाे त सपूत एक ब्रान्ड हुन उनले ल्याएका सबै जसाे कन्टेन्टहरु दमदार समसामयिक बिषयमा आधारित हुन्छन।स्वर मिठाे त छदैछ अझै उनले दिने क्रियटिभ प्रस्तुति ,कथा भन्ने शैली दमदार छ।उनले गितमा दिने शब्द चाेटिलाे ठ्याक्कै ठाउँमा लाग्ने अचार जस्तो टक्क स्वादिलो हुन्छ।यी कुराहरु सबै जसाे कलाकारले काेसिस गर्छन तर थाेरैले मात्रै सफल पाउँछन् ।राम्रो चिज बनाएर डिब्बामा बन्द गरेर त भएन ,त्याे चिजकाे मार्केटिङ कसरी गर्ने भन्ने कुरामा पनि उनी खप्पिस छन।उनकाे आफ्नै युट्युव च्यानल छ करीब 2 मिलियन सब्सक्राईब भएको ।सकम्बरीले याे लेख लेख्दा सम्म 16 लाख बढी हेरिएको छ।उनकाे च्यानलमा पनि भ्युजले दिने कमाई भन्दा बढी ब्रान्ड प्राेमाेसनले दिने देखिन्छ ।उनले याे गित बज्नु अगाडि विभिन्न ब्रान्डको विज्ञापन गरेकाे देखिन्छ ।साथै विभिन्न अनलाइन म्युजिक प्लेटफर्महरुमा पनि उनले गित राखेका छन।सपुतले गित यही रफ्तारमा चल्ने हाे भने सबैकाे कमाई जाेड्दा कराेड बढी पक्कै कमाउने छन ।एउटा कलाकारले आफ्नो कला कसरी बेच्ने भन्ने कुरा प्रकाश सपुतबाट अन्य कलाकारले पनि सिक्नु जरुरी छ।यहाँ गाउने हजारौं छन तर कला भएर पनि कमाउन भने कमै कलाकारले सकेका छन।कला क्षेत्रमा सफल हुनकाे लागि राम्रो गाएर मात्रै हुन्न व्यवसायीक हिसाबले सफल हुन पनि जान्नु पर्छ।राम्रो लय,झट्टै मन छुने शब्द ,मिठाे संगित अनि त्यसलाई प्रस्तुत गर्ने कला र अन्तिममा मार्केटिङ गर्न जान्नु पर्छ।आफ्नो गित संगित हिट बनाउनुकाे साथै आफुलाई ब्रान्ड बनाउनु पर्छ अनि मात्रै ब्रान्ड भ्यालु बढ्दै जान्छ।मेला माेहत्सव ,देश विदेश विभिन्न कार्यक्रमहरुमा पनि डिमान्ड बढ्दै जान्छ।