पैसा सापटी दिए पछि साथी हरायाे।चरम आर्थिक संकट।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 8- नेपालमा अहिले आर्थिक मन्दी चर्किदै गएको छ।विश्व आर्थिक मन्दीले थुप्रै कम्पनीहरुले हजारौं कर्मचारी कटाैती गरेकाे समाचारहरु सुन्दै आएका छाैं।भर्खरै मात्रै अमेरिकामा 2 ठुला बैंकहरु टाट पल्टिए। क्यालिफोर्निया काे सिलिकन भ्याली बैंक र न्युयाेर्ककाे सिग्नेचर बैंक ।अमेरिकामा 2008 पछिकाे सबैभन्दा ठुलाे बैंकिङ संकट देखिएको छ।2008 मा वासिङ्टन म्युचुअल बैंक टाट परे पछिकाे याे ठुलाे बैंकिङ फेलिअर देखिएको हाे।विश्व अर्थतन्त्रको ठुलाे हिस्सा ओगट्ने अमेरिकामा आर्थिक संकट देखिनु भनेकाे विश्व आर्थिक संकटमा जानू हाे।त्यसको प्रभाव अन्य देशकाे सयर बजारहरुमा पनि देखिएको छ।

नेपालकाे अवस्था कस्तो छ?

विश्व आर्थिक संकटबाट नेपाल अछुतो रहने कुरै भएन।व्यापार व्यवसाय ठप्प जस्तै छ।बैंककाे किस्ता बुझाउन नसक्ने अवस्था छ,कतिपय बैंकहरु माइक्राे फाईनान्सहरुले  धेरै टर्चर गर्दा व्यवसायीहरु आत्महत्या गर्ने दिनदिनै समाचार देखिन थालेकाे छ।बैंकले थाेरैमा दिएको ऋण आफु खुसी धेरै बढाउने गरेकाे ,व्यापार नचल्दा पनि बारम्बार टर्चर गरेकाे भनेर केहीले आन्दोलन नै गरिरहेका छन।नाेकरी नपाउने समस्या ,नाेकरीमा राख्नेले पनि तलब दिन नसक्ने अवस्था छ।दिनदिनै 22 देखि 25 सय सम्म नेपालीहरु देशबाट पलायन भईरहेका छन।सरकारी ढुकुटी रित्तो हुने अवस्थामा छ।सरकारकाे फजुल खर्च धेरै छ।अन्य क्षेत्रमा सरकारले लगानी गरेर राेजगारी सृजना गर्न सक्ने देखिदैन ।विदेशी मुद्रा आम्दानी हुने एकमात्र स्रोत पर्यटन पनि हवात्तै घटेकाे अवस्था छ।अहिलेकाे अवस्थामा विदेशमा हुने नेपालीहरुले पठाएको रेमिट्यान्सले जेनतेन देेश धानिएकाे छ।यदि विदेशबाट नेपालीले रेमिट्यान्स नपठाउने हाे भने अर्थतन्त्र झनै तहसनहस हुनेवाला छ।बैंकहरुले अधिकांश पैसा घरजग्गा र गाडीमा लगानी गरेकाे  र ती क्षेत्रहरु अनुत्पादक क्षेत्र भएकोले तत्कालै  फेरि पैसा बनाउने देखिन्न।जती पनि बैंकका  बचतकर्ताहरु छन तिनीहरूले पैसा झिक्न थाले भने धेरै जसाे बैंकहरु ढल्ने निश्चित प्राय छ।शिक्षा स्वास्थलाई व्यापार बनाईएकाे,महंगीकाे चर्को मार ,एउटा आम मान्छे कसरी जीवन चलाउने भनेर संघर्ष गर्नु परिरहेकाे  छ।समग्रमा भन्नू पर्दा देशकाे हालत नाजुक अवस्थामा रहेकाे छ। बद्री पंगेनीकाे गित पैसा सापटी दिए पछि साथी हरायाे जस्तै भएको छ।यतिबेला कसै सँग पनि पैसा नभएको अवस्था रहेकाे छ।4 हजार बढी चेक वाउन्स कै कारणले जेलमा रहेका छन।जेल नजाने घटना कति हाे कति गनेर साध्य नै छैन।न बैंकले कर्जा उठाउन सकेका छन न ऋण प्रवाह भएको छ,मान्छेको हातमा पैसा कसरी हुनु?धेरै गाह्रो हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *