काठमाडौं जेठ 4 बिहिवार,त्रिपुरेश्वर स्थित राहदानी विभागमा पासपोर्ट बनाउनेकाे दिनहुँ भिड हुने गरेकाे छ।देशकाे आर्थिक अवस्था ,बेरोजगारी काे चर्काे समस्याले गर्दा देशका युवाहरु वैदेशिक राेजगारीमा जान बाध्य छन।झन्डै महिनामा 60 हजार युवा वैदेशिक राेजगारीमा जाने गरेकाे तथ्यांक रहेकाे छ।विदेश पुगेर हन्डर ठक्कर खानु त छँदैछ आफ्नै देशमा पनि युवाहरु चरम ठगाईमा परेका छन।काठमाडौं छिर्दा बित्तिकै शुरु हुने विभिन्न क्षेत्रका दलालहरुकाे ठग्ने प्रक्रिया विदेश नउड्दा सम्म चलिरहन्छ।काठमाडौं छिरे पछि ठगाई त कति हाे कति हातमै समातेर हाेटेल वालाहरुले तानातान गर्छन,बसपार्क एरियामा भेटिने भनेकाे दलाल,,लफङ्गा,चाेर ,फटाहा ,लुटेरा धेरै हुन्छन।मान्छे पिच्छे जाेगिन धाै धाै पर्छ।अहिले प्रविधिको विकासले गर्दा पहिलेकाे जस्तो ट्याक्सी वालाले भने ठग्न पाउदैन।पठाओ जस्तो सजिलाे राईडसेयरिङले गर्दा काम परेकाे ठाउँमा सहज भएको छ।भिसा आउन कहिले हाे थाहा छैन अन्तर्वार्ता र मेडिकल भनेर कमिसन खाईदिने कति हाे कति।हर क्षेत्रमा कमिसन चल्छ घरबाट जेनतेन ऋण लिएर राजधानी छिरेकाे युवा ठगिँदा ठगिँदा घर फर्किने वेलामा गाडी भाडा बचाउन समेत धाै धाै पर्छ।
सबैभन्दा ठुलाे समस्या भनेकाे पासपोर्ट बनाउन रहेको छ।भित्र काे कर्मचारी र बाहिर भएको विचाैलियाकाे मिलेमताेले गर्दा पैसा नखुवाए सम्म पासपोर्ट बन्ला भनेर नचिताए पनि हुन्छ। यति ठुलाे पिडा दिने समस्यामा सरकारकाे आँखा नपुग्नु धेरै दुख लाग्दाे कुरा रहेकाे छ।नियम पुर्वक सजिलै पासपोर्ट पाउने सपनामा नसाेचे पनि हुन्छ।किनकि जसले धेरै पैसा दिन सक्छ उसैको पहिले पासपोर्ट बन्छ।लाइनमा जाे बस्छ उसले 2/3 महिना अरु कुर्नु पर्छ त्याे पनि पासपोर्ट बन्ने कुनै ग्यारेन्टी हुँदैन ।हरेक दिन राहदानी विभागमा हजाराैं युवाकाे पासपोर्ट बनाउने भिडभाड हुन्छ।कसले कति दिन्छ विचाैलियाहरु पासपोर्ट बनाउन आएका युवाहरु सँग पैसाको सेटिङ गर्छन ,साेझाे लाइनमा हुन्छ यता पैसा बुझाउने काे काम लाइन नबसी हुन्छ।पासपोर्ट बनाउन कम्तीमा 12 हजार 5 सय बाट माथिको सेटिङ हुने गरेकाे छ।जति छिटाे पासपोर्ट चाहियाे उति धेरै पैसा असुल्ने गरेका छन ,याे 30 हजारसम्म पुग्ने गरेकाे छ।याे कुरा सायद सबैलाई थाहा छ तैपनि किन याे समस्याको समाधान हुँदैन साेच्नु पर्ने भएको छ।यदि सरकारले चाहने भए राहदानी विभागकाे सबै कर्मचारी र वाहिरकाे धेरै विचाैलिया 100% जेलमा हुनेछन् ।नेपालकाे विडम्बना आँखा अगाडि लुट मच्चाउदा पनि युवा विवश छन ,वाेल्न सक्ने क्षमता भए पनि वाध्यताले थिचिएका छन।बाेलम काम राेकिने नबाेलम आफू जस्तै हजारौं युवा ठगिने।जाबाे पासपोर्ट बनाउनकाे लागि यति पीडाले भरिएको छ नेपाली युवाकाे जिन्दगी ।